ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब देखि राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ सञ्चालन हुने


एबीसी न्यूज
२ असार २०७६, सोमबार   १२ : ३२   बजे

काठमाडौं, २ असार । कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढ्ने क्षमतामा सुधार ल्याई उनीहरुको शैक्षिक स्तर राम्रो बनाउन बर्दियामा एक वर्षदेखि राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालनमा रहेको छ ।

बाँकेमा सफलतापूर्वक सम्पन्न भएपछि सरकारले बाँके युनेस्को क्लबलाई गत साउन महीनादेखि बर्दियामा सो कार्यक्रम सञ्चालनको जिम्मेवारी दिएको हो ।

नेपाल सरकारले देशका १६ जिल्लामा सञ्चालन गरेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत बर्दियामा सामाजिक तथा समुदाय परिचालन गरेर कार्यक्रम सफल बनाउने जिम्मेवारी बाँके युनेस्को क्लबले पाएको शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाले जनाएको छ ।

कार्यक्रममा बर्दियाका २९६ सामुदायिक विद्यालय र मदरसामा अध्ययरत १ देखि ३ कक्षासम्मका करीब २३ हजार बालबालिका रहेका छन् । यसैगरी शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, सदस्य तथा अभिभावकलाई पनि कार्यक्रमभित्र समेटिएको क्लबका अध्यक्ष प्रवेजअलि सिद्धिकीले बताउनुभयो ।

कार्यक्रम अन्तर्गत १ देखि ३ कक्षासम्मका बालबालिकाको पठन सीपको महत्वबारे अभिभावकलाई बुझाउने तथा बालबालिकाको पढाइमा सहयोग गर्न अभिभावकलाई प्रेरित गर्ने बताइएको छ ।

सोही कार्यक्रम अन्तर्गत बर्दियाका ९५ वटा विद्यालय र मदरसालाई अधिकतम रु दुई/दुई लाख अनुदान सहयोग समेत उपलब्ध गराइएको छ । कार्यक्रम सञ्चालनका लागि बर्दियामा परियोजनाको कार्यालय स्थापना गरिएको छ भने समुदाय परिचालन अधिकृतलाई तोकिएको विद्यालयमा खटाइएको छ ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत अभिभावकलाई दौतरी शिक्षा तालीम, स्थानीयस्तरमा शैक्षिक सामग्री निर्माण, पढाइ उत्सव, अभिभावक शिक्षक सम्मेलन तथा पैरवी तथा चेतनामूलक अभियानलगायतका गतिविधि सञ्चालन भइरहेको कार्यक्रम प्रबन्धक शान्तराम चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group