ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजपाद्धारा मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई चेतावनी


एबीसी न्यूज
४ असार २०७६, बुधबार   १ : २१   बजे

 

 

काठमाडौं, ४ असार । राष्ट्रिय जनता पार्टीले चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई सचेत गराउनुभएकोे छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधान संसोधन, लाल आयोग प्रतिवेदन सार्वजनिक , लोकसेवा आयोगको विज्ञापन रद्द लगायतका माग गर्दे आएपनि सरकारले नसुनेको भन्दै चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई सचेत गराउनुभयो । सरकारले रोष्टम घेराउ गरेपछि मात्रै बोल्ने असंसदीय पद्धति बसाएको आरोप उहाँले लगाउनुभयो ।

उहाँले भन्नुभयो “सरकार कुन बेला बोल्ने ? रोष्टम घेरेपछि मात्रै बोल्ने सरकारले एउटा सिस्टम बसाईराखेको रहेछ । संख्यागत रुपमा हामी जति भएपनि रोष्टम घेर्नका लागि हामी डराएको होइन । संस्कृति नबसोस् । संसद सुचारु रहोस् । सुचारु रुपमा चलोस् भन्ने संसदीय मर्यादाको पालन गर्या हो । सरकार यसै ढंगले जाने हो भने संसद अवरोध हुन्छ । हामी पनि रोष्टम घेराउ गर्दछौ । ”

उहाँले संविधान विपरित लोकसेवा आयोगको विज्ञापन निकालेर सरकारले मधेशी समुदायमाथि फेरी तरबार चलाउने काम गरेको आरोप लगाउनुभयो । सरकारका मन्त्रीले संसदीय समितिको निर्देशन नमानेर समितिको धज्जी उडाउने काम गरेको भन्दै उहाँले संसदीय मर्यादा कायम गराउने तर्फ सभामुखको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले संविधानले गरेको समानुपातिक समावेशी व्यवस्थाको कार्यान्वयन नगरेर सरकारले ‘चौथो मधेस आन्दोलन निम्त्याएको हो ?’ भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो “के सोचेको हो यसले ? समानुपातिक समावेशी हामी खोस्न सक्छौ भन्ने सोचेको हो ? कसैले माने पनि राष्ट्रिय प्रजातन्त्र पार्टी मान्दैन । संसदमा सुन्दैन भने सडकमा जान्छ । ”

उहाँले सत्तारुढ दलका सांसदहरुलाई विधेयकमाथि दोहोरो चरित्र नदेखाउन पनि सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो “हिजो माईतिघर मण्डलामा गएको थिएँ । सत्तापक्षका माननियहरुले पनि विधेयक खारेज गर भनेर भाषण गरिराखेको देखेँ । सडक पनि सत्ताको राज्य पनि सत्ताको । प्रतिपक्ष कहा जाने भन्ने एउटा प्रश्न खडा भएको छ । म सोध्दै छु सरकारमा सम्मिलित माननिय ज्यूहरुलाई तपाईको सडक होइन सरकार हो किन प्रश्न उठाउनुभएन ? किन यस्तो विधेयक आयो ? मन्त्रीपपरिषद्मा तपाईहरु बस्नुभएको छैन ? त्यहा पास गरिदिने । र सडकमा गएर फिर्ता हुनुपर्छ भनेर नारा लगाउने ? यो दोहोरो चरित्र चल्दैन ।”

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफैले गरेको प्रतिवद्धताबाट पछि हटेको भन्दै उहाँले यसले जनताको सरकारमाथिको विश्वास टुटाउने काम गरेको टिप्पाी गर्नुभयो ।

उहाँले भन्नुभयो “ कति कराउने यो गिरिशचन्द्र लालको प्रतिवेदनमा ? जनताले बुझ्न सकेको छैन । के रहेछ त्यो भित्र ? जनताको सम्पत्ति जनतामा आउनलाई किन ढिलाई ? त्यसका लागि पनि यो रोष्टम घेर्ने पर्ने हो कि ? सरकारले बोल्छ भने त्यो सत्य हुन्छ । सरकारले बोलेको कुराबाट आफै पछाडि हट्छ भने कसले, कुन जनताले विश्वास गर्ने यो सरकारमाथि ?”

उहाँले लोकतन्त्रको हत्या गर्ने काममा उदत्त नहुन सरकारलाई सुझाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group