ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुठी विधेयकले नेवार समुदायलाई मात्रै नभई सिंगो देशको सभ्यता, संस्कृतिमाथी नै प्रहार भएको गुनासो (भिडियोसहित)


एबीसी न्यूज
५ असार २०७६, बिहिबार   ८ : ४६   बजे

काठमाडौं, ५ असार । राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयकको विरुद्धमा केही दिनदेखि आन्दोलनरत गुठीयारले राजधानीमा बुधबार पनि विशाल जनप्रदर्शन गरेका छन् । सरकारबाट विधेयक फिर्ता भएपनि सरकारको नियतमा शंका भएको भन्दै विरोध झन् चर्किएको हो ।

गुठीलाई प्राधिकरणमा रुपान्तरण गर्ने भन्दै सरकारले राष्ट्रिय सभामा गत बैशाख १६ मा गुठी विधेकय राष्ट्रिय सभामा दर्ता गरेपछि सडक सदनमा आन्दोलन छ ।

ससंदमा पेश विधेयक मौलिक सस्कृति, सभ्यता र सम्पदाको संरक्षण विपक्षमा भएको भन्दै आन्दोलन भएको हो । प्राधिकरणको नाउमा राजनीतिक हस्तक्षेप गर्ने नियतले विधेयक आएको संरक्षणकर्ताहरुको आरोप छ । विशेषगरी काठमाडौंका नेवार समुदाय आन्दोलित बनेको छ । यस विषयमा संसदमा सत्ता पक्ष र प्रतिपक्षबीच असंसदीय अभ्यास नै भए । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अवरुद्ध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिन पाएनन् । संसद अवरुद्ध भएपछि प्रधानमन्त्रीले पत्रकार सम्मेलनमार्फत गुठी विधेयक फिर्ताको विषयमा जानकारी पाएको प्रतिक्रृया दिए ।

देशभर विधेयकको पक्ष र विपक्षमा सडक आन्दोलन भयो ।विधेयकले हिन्दु वौद्ध समुदायको धर्म, संस्कृति र सभ्यता मासने मनशाय भएको प्रतिपक्ष दल नेपाली काँग्रेसले समेत आपत्ती जनाएको छ । विधेयक पेशसँगै आन्दोलनमा उत्रिएका आन्दोलनकारीलाई भाडाका मान्छेहरु हुन् भन्ने, जस्ता सत्तापक्ष सांसदको अभिव्यक्तिले आन्दोलनकारीलाई अझै उत्तैजित बनाएको हो । विरोध कार्यक्रममा पानीको फोहोरा, लाठी चार्ज जस्ता प्रहरी दमनबाट आन्दोलनकारी झनै चिढिएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तीले गुठियारलाई थप आशंक गर्ने वातावरण बन्यो । गुठीयारहरु सरकारले विधेयक फिर्ता मात्रै होइन, पूर्णरुपमा खारेजी गर्नु पर्ने भन्दै बुधबार सडकमा ओर्लिए । सरकारको भूमिकाले थप आशंक बढाएको उनीहरुको प्रतिक्रृया छ ।

जननिर्वाचित सरकारले विधेयकहरु ल्याउदा सरोकारवालासँग छलफल गरेर ल्याउनु पर्दछ । तर सरकारले कुनै पनि सरोकारवालासंग छलफल नगरि हठातमा विधेयक दर्ता गरेको हो । हठातममै विधेयक राष्ट्रिसभा संसदमा दर्ता गरेपछि सडकमा पोखिएको असन्तुष्ती सम्हाल्न सरकारलाई हम्मेहम्मे भएको हो ।

पछिल्लो समय पेश भएको यस गुठी विधेयकले नेवार समुदायलाई मात्रै नभई सिंगो देशको सभ्यता, संस्कृति, धर्म र सम्पदामाथी नै प्रहार भएको आमनागरिकको गुनासो छ ।

धर्म, संस्कार, संस्कृतिमाथीको प्रहार नेपाली जनताले सहन नसक्ने र यी यस्ता विधेयकमा पुनः सुधार गरेर सरकार अगाडि बढ्नुपर्ने आन्दोलनरतहरुको माग छ ।

गुठी विधेयक विरोधको यस विशाल जनप्रदर्शनमा विभिन्न संघर्ष समिती, संघ, संस्था लगायत देशका विभिन्न चर्चित कलाकारहरुले पनि ऐक्यबद्धता जनाएका छन् ।

शान्तिपूर्ण विरोध कार्यक्रममा पनि प्रहरी दमन जस्ता कामहरु भएकोमा उनीहरु पनि आक्रोशित छन् । सरकारले राष्ट्रियसभामा दर्ता गराएको विधेयकमा गुठी संरक्षणको प्रावधान नसमेटिएकाले त्यो खारेज हुनुपर्ने माग राखेर नेवाः गुठी, सम्पदा बचाउ अभियान, नेपाल मठाधीश समाज, उपत्यका सडक बिस्तारपीडित संर्घष समितिलगायत संघसस्थाको अगुवाइमा विरोध कार्यक्रमहरु भईरहेको छ । काठमाडौं विशेषगरी नेवारी समुदायले गुठी विधेयकप्रति सबैभन्दा बढी आपत्तिका साथ बुधबार राजधानीमा विशाल भएको विशाल जनप्रदर्शनले सरकारलाई एकचोटी पुनः सोच्न बाध्य तुल्याएको छ ।

विधेयक फिर्ताको निर्णय सार्वजनिक भईसके पछि पनि सरकारको फितलो जवाफका कारण आन्दोलनकारीहरुले निर्णय विश्वास गर्न सकिने अवस्था नरहेको बताईरहेका छन् । तसर्थ, छटो भन्दा छिटो विधेयकमा कानुनी तथा प्रक्रियागत रुपमै सहमति खोज्न सकिएन भने समस्या थप बल्झिने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group