ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लागू औषध दुरुपयोग विरुद्ध सप्ताहव्यापी अभियान सुरु


एबीसी न्यूज
५ असार २०७६, बिहिबार   १२ : ५१   बजे

 

 

 

काठमाडौँ, ५ असार । लागुऔषध दुरुपयोग एवं ओसारपसारसम्बन्धी सप्ताहव्यापी अभियान शुरु भएको छ । गृहमन्त्रालयको आयोजनामा हरेक वर्षझैँ यस वर्ष पनि ‘समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ जीवन’ भन्ने नाराका साथ आजदेखि असार ११ गतेसम्म सप्ताहव्यापी अभियान शुभारम्भ गरिएको हो ।

कार्यक्रममा गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालमा लागुऔषध दुव्र्यसनीको सङ्ख्या वर्षेनी बढ्दै गएकाले तीनलाई न्यूनीकरण गर्न यस अभियानले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । “पछिल्ला सर्वेक्षणले नेपालमा वर्षेनी ११।३६ प्रतिशतले लागुऔषध प्रयोगकर्ताको सङ्ख्या वृद्धि भएको देखाएको र कूल अपराधमा सात प्रतिशत लागुऔषधसँग सम्बन्धित भएकाले यसलाई नियन्त्रण गर्नु हामी सबैको दायित्व हो”, उहाँले भन्नुभयो, “ हाल नेपालका डेढ लाख युवा लागुऔषधको कुलतमा फसेकाले यसलाई नियन्त्रण गर्न अभियानले पनि सहयोग पु¥याउँछ ।

गृहमन्त्रालयका सहसचिव एवं अभियानका संयोजक नारायणप्रसाद दुवाडीले लागुऔषध रोकथाम तथा नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा विशेष अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो ।

अभियानका क्रममा लागुऔषध रोकथाम नीति एवं मागदर्शन तर्जुमा, वैकल्पिक विकास प्रयास, औषधि ऐन कार्यान्वयन र समाधानका उपाय, सञ्चार माध्यममा चेतनामूलक कार्यक्रम, गाँजा÷अफिमखेती फँडानी, नियन्त्रणात्मक कार्यक्रम, प्रभातफेरीलगायत कार्यक्रम सञ्चालन गरिने गृहमन्त्रालयले जनाएको छ । हाल नेपालमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानलगायतले लागुऔषध दुरुपयोग एवं ओसारपसार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group