टोकियो, जापान , ५ असार । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणी पोखरेलले प्रवासमा विद्यालय खोल्न सरकारले सहयोग गर्ने बताउनुभएको छ । सोमबार जापानको टोकियो स्थित एभरेष्ट इन्टरनेशनल स्कुलको अवलोकन गर्दै मन्त्री पोखरेलले प्रवासमा नेपाली विद्यालय खोल्न चाहेमा सरकारले सहयोग गर्ने बताउनुभएको हो ।
मन्त्री पोखरेले विद्यालयको अवलोकन गर्दै एभरेष्ट स्कुलले नेपाली भाषा र पाठ्यक्रमलाई जापानमा समेत अध्यापन गराउन सफल भएकोमा धन्यवाद व्यक्त गर्दै नितीगत तहमा सहयोग गर्ने आश्वासन समेत दिनुभयो । उहाँले शिक्षा मन्त्रालयले बाहिरका विद्यालय सम्वोधन गर्न छुट्टै निती लिएको भन्दै अन्य देशमा पनि शाखा विस्तार गर्न आग्रह गर्नुभयो ।
मन्त्री पोखरेलले भन्नुभयो, “अंग्रेज़ी पढाउनुस, जापानिज पढाउनुस तर नेपाली भाषालाई कमजोर नबनाउनुस ।“ नेपाली भाषा पनि त्यतिकै महत्वपुर्ण भएकोले देशसंग गहिरो नाता र सम्बन्ध जोडिन्छ । उहाँले जापानमा सिकेको सिप समृद्ध नेपाल बनाउन आधार बन्ने भएकोले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो। उहाँले शिक्षाको निती नै दक्ष र सिपयुक्त नागरिक उत्पादन गरि देश विकासमै लगाउने भएकोले जापानमा रहदा पनि नेपालको माटोलाई बिर्सन नहुने बताउनुभयो ।
मन्त्री पोखरेलले माटो चिनौं, देश चिनौ भन्ने सरकारको नारालाई एभरेष्टको उत्पादनले सहयोग गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । उहाले सक्षम नागरिक उत्पादन गरि नेपाललाई सहयोग गर्न आग्रह पनि गर्नुभयो ।
नेपाल संगै अन्य देशहरु युजिल्याड, अमेरिका, बङ्गलादेश, पाकिस्थान, फिलिपिन्स, ईटालियन र जापानका विद्यार्थीहरुले अध्ययन गर्दै आईरहेको यस विद्यालयमा नेपाली , अंङ्गेजी र जापानीज भाषामा अध्यापन हुने गरेको छ । नेपाल सरकारको पाठ्यक्रमअनुसार पठ्नपाठन गराउदै आएको यस बिद्यालयले नेपाली विद्यार्थीका लागि नेपाली विषय अनिवार्य बनाएको छ भने अन्य विद्यार्थीका लागि अङ्ग्रेजी र जापानी भाषामा पठनपाठन गर्ने व्यवस्था रहेको छ । २०१३ सालमा १३ जना विद्यार्थीबाट पठनपाठन सुरु गरेको एभरेष्ट स्कुलले हाल २५५ जना विद्यार्थीलाई अध्यापन गराईरहेको छ ।
हाल कक्षा ९ सम्म अध्यापन गराउदै आएको सो विद्यालयले प्रत्येक वर्ष १ कलास थप्दै निकट भविष्मै उच्च शिक्षा सम्मको अध्यापन गराउने लक्ष्य लिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डा. भुपालमान श्रेष्ठले एविसी न्युजलाई जानकारी दिनुभयो । विद्यालय अवलोकनका लागि मन्त्री पोखरेल संगै नेपाली राजदुतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल एनआरएनएका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त पुग्नुभएको थियो ।
नेपाली झण्डा बोकेको भू उपग्रह ‘नेपाल स्याट १’ को अन्तरिक्षमा प्रक्षेपणका लागि गत आइतबार जापान आउनुभएका मन्त्री पोखरेलले ३ दिनको बसाईमा हिरोसिमा,नागासाकी, क्योतो र रोयलप्यालेसको समेत भ्रमण गरि बुधबार नेपाल फर्कनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्