ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको एकिकरण प्रक्रिया झनझन जटिल बन्दै (भिडियोसहित)


एबीसी न्यूज
१२ असार २०७६, बिहिबार   ११ : २०   बजे

काठमाडौं, १२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकिकरण प्रक्रिया झनझन जटिल बन्दै गइरहेको छ । संगठनात्मक एकता नसकिएर लाखौंलाख नेता कार्यकर्ता भुमिकाविहिन भइरहेको बेला महाधिवेशनमा टुंगाउने भनिएको वेमौसमी वैचारिक बहसले एकता प्रक्रियाको बाँकी काम थप जटिल बनेको हो ।

पार्टी एकिकरण पछि तीन महिनामा पार्टीका सम्पूर्ण तह र जनवर्गीय संगठनको एकिकरण गरिसक्ने भनिएपनि एकवर्ष बितिसक्दा समेत नेकपा एकिकरणका सम्पूर्ण प्रक्रिया पुरा हुन सकेको छैन । बरु झनझन पार्टीभित्र असहमति र असमझदारी सतहमा देखिदै गएका छन् । सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटी निर्माण भएपनि कहिलेकाहीं सचिवालयबाहेक अरु संयन्त्र चलायमान छैनन् । पार्टीको निर्णय अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट भैरहको छ । कतिपय सवालमा यिनै दुई अध्यक्ष पनि दुईतिर देखिन्छन् ।

नेताहरु बेरोजगार छन् । संगठनात्मक अवस्था दिनप्रतिदिन रक्षात्मक बन्दै गइरहेको बेलामा नेकपाभित्र अहिले सैद्धान्तिक बहसको नाममा विषयान्तर गरेर एकता प्रक्रिया नै थप अलमलमा पार्ने प्रयत्न भइरहेको देखिन्छ । एकिकरण घोषणापश्चात माधवकुमार नेपालको संयोजकत्वमा विधान तथा प्रतिवेदन लेखन कमिटी बनाइएको थियो ।

उक्त कमिटीले तत्काललाई जनताको जनवाद कार्यदिशा मान्दै बाँकी विषय महाधिवेशबाट टुंग्याइने प्रतिवेदन पास गरेको थियो । नेकपाको राजनीतिक प्रतिवेदन त्यही हो । तर पछिल्लो समय फेरि कतिपय नेताहरुबाट पुरानै पार्टी सम्वद्ध सैद्धान्तिक धार देखाउन खोजेपछि नेताहरु एकअर्काप्रति सशंकित देखिएका छन् । विधान प्रतिवेदन लेखन कार्यदलका सदस्य समेत रहेका नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल वैचारिक विषय पूर्व सहमति अनुसार नै अघि बढाउनुपर्ने बताउँछन् ।

महाधिवेशमा छलफल गरेर टुंग्याउने भनिसकेको विषयलाई अहिले ल्याइनुले पार्टी एकिकरण प्रक्रियालाई असर पुराउने बताउंछन् अर्का स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा ।

पार्टी एकिकरण पछि नेतृत्वको कार्यशैलीको सार्वजनिक रुपमै नेताहरुले टिकाटिप्पणी गरेकै छन् । दुई अध्यक्षबीचको लिखित सहमतिलाई बेमौसमी चर्चामा ल्याईंदा एकताप्रक्रियाको बाँकी काम झन जटिल बन्दै गएको छ ।

त्यसो त नेकपा भित्र सरकारले गर्ने काम कारबाहीप्रति पनि तिव्र असन्तुष्टि छ । सरकार र पार्टीको सम्बन्ध नभएको भन्दै सरकारको पार्टी भित्रैबाट विरोध छ । पार्टी नेतृत्व एकताप्रक्रियामा गम्भिर नभएको, गुटउपगुट र सिमित मान्छेको घेरामा रहेकाले एकताप्रक्रियाको बाँकी काम पुरा हुन नसकेको कतिपय नेताहरु बताउँछन् । अबसरको दुरुपयोग गर्दै नेतृत्व असफलताको बाटोमा हिडेको नेताहरु आरोप समेत लगाउंछन् ।

विभिन्न बाहानाबाजी र निहुंमा कतै अरु कसैको प्रभावमा परेर एकता प्रक्रिया नै डिरेल गर्न खोजिएको हैन भन्ने आशंका बढ्दो छ । भुमिकाविहिन भएका करिब ८ लाख नेता कार्यकर्ताको मनोभावना र आकांक्षा विपरित नेताहरु अघि बढे यसले स्वयम् नेताहरुको भविष्य मात्र होइन् सिंगो नेपाली कम्युनिष्ट आन्दोलन र देशकै भविष्यमा गम्भिर असर पर्नेछ । नेकपाका नेताहरुले बेलैमा ध्यान पुर्याउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group