ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीपीडितलाई जाजु र शारडा ग्रुपको ६० लाखको राहत


ABC NEWS
१४ भदौ २०८३, आइतबार   ११ : ४५   बजे

 

इटहरी, भदौ १४ गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि जाजु ग्रुप तथा शारडा ग्रुपले करिब ६० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएका छन्। जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाइ फुड्स लिमिटेडका प्रबन्ध निर्देशक महेश जाजुका अनुसार राहत सामग्री स्थानीय प्रशासनसँग समन्वय गरी सोमबार प्रभावित क्षेत्रमा पठाइनेछ। सुनसरीको सोनापुरस्थित एसियन थाइ फुड्सले एक लाख प्याकेट रमपम चाउचाउ, एक लाख प्याकेट गुडलाइफ बिस्कुट र एक लाख प्याकेट जुस उपलब्ध गराउने भएको हो। उद्योगी जाजुले विपद्का कारण नागरिक समस्यामा परेका बेला सरकारसँगै निजी क्षेत्रको पनि सामाजिक दायित्व हुने भएकाले मानवीय सेवाको भावनाले राहत उपलब्ध गराइएको बताए। उनले विपद्मा परेका नागरिकलाई तत्काल आवश्यक पर्ने खाद्यान्न तथा अन्य सामग्री उपलब्ध गराउन निजी क्षेत्रले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए। आगामी दिनमा आवश्यकताअनुसार थप सहयोग गर्ने प्रतिबद्धतासमेत उनले जनाए। जाजुका अनुसार जाजु ग्रुप र एसियन थाइ फुड्सले विगतदेखि नै सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा विभिन्न किसिमका सहयोग गर्दै आएका छन्। विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु उद्योग–व्यवसाय क्षेत्रको सामाजिक उत्तरदायित्व भएकाले यस्तो सहयोगलाई निरन्तरता दिइने उनले बताए। यसैबीच, उद्योगी जाजुले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग भेट गरी विपद्का बेला निजी क्षेत्रबाट गर्न सकिने सहयोगबारे छलफल गरेका छन्। भेटमा उनले भोटेकोशी बाढी प्रभावित नागरिकका लागि आफूहरूबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। संकटको समयमा राज्य र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै जाजुले राहत तथा उद्धार कार्यमा आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपीडितलाई जाजु र शारडा ग्रुपको ६० लाखको राहत

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धारका लागि नेपाली सेनासहित प्राविधिक टोली परिचालन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुनको भाउमा ठूलो गिरावट, तोलामा ९ हजार ५ सय रुपैयाँ घट्यो

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धारका लागि नेपाली सेनासहित प्राविधिक टोली परिचालन

Myanmar Military Regains Ground Amid Air Raids, Conscription and Chinese Influence

South African Muslims Navigate Online Backlash Amidst Local Acceptance

Turkish and Somali Forces Liberate Hijacked Cargo Vessel

US Deports Afghan Ally’s Relative To Central African Republic

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu