ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरला नाका सूचारु गर्दा पर्यटकको संख्यामा थप वृद्धिहुने देखिन्छ (भिडियोसहित)


एबीसी न्यूज
१८ असार २०७६, बुधबार   ११ : ४३   बजे

काठमाडौं, १८ असार । हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङको उपल्लो मुस्ताङको लोमान्थाङ आसापासका जनताको मुख्य मेरुदण्डको रुपमा रहेको कालीगण्डकी शालिग्राम करिडोर रहेको छ ।

मुस्ताङको चैलेदेखी कालीगण्डकी नदी हुदै हिउ“दको समयमा ट्रकको माध्यामबाट ओसारपोसार गरिने खाद्य सामाग्रीको भरमानै उपल्लो मुस्ताङ वासिले जीवन निर्वाह गर्दै आएका छन् । झण्डै ४ घण्टा कालीगण्डकी नदी हुदै मसिंर देखी जेठ महिनाको अन्तिम सम्म उपल्लो मुस्ताङको लोमान्थाङ गाउपालिका र लोघेकर गाउपालिकाका वासिन्दाहरुले वर्ष भरिका लागि खाद्यान्न सामाग्रीहरु खोलाको बाटो ओसार्न बाध्य भएका छन् ।

मुस्ताङको चैलेदेखि समरहुदै जाने बाटो निकै सांघुरो छ । दुरी लामो हुने गरेकाले उक्त क्षेत्रका बासिन्दाहरुले हिउ“दको समयमा कालीगण्डकी नदीको बाटो हुदै खाद्य सामाग्री ओसार्नु पर्न बाध्यता छ । ढुवानीको सास्ती मात्रै होइन, थप महंगीको मार खानु परेको छ ।सडक पूर्वाधार गतिलो नहुदा ढुवानी पनि उत्तिकै चुनौति छ । वर्षमा एकैपटक ढुवानी गर्नुपर्दा लागत मूल्य समेत बढी हुने गर्दछ । मुस्ताङ कोरला नाका नखोल्दा खाद्यान्न पोखराबाट ढुवानी गर्नेपर्ने बाध्यता भएको व्यवसायी बताउछन् ।

कोरला नाका खोलेर पुरानो बाटोको संरक्षण गर्न सकेको खण्डमा पनि ट्रेकिङमा आउने पर्यटकको वृद्धि गर्न सकिन्छ । ढुवानीको मुख्य आधार सडक समयमै पुरा नहुदा न्यूनतम मानवीय सेवा पाउन कठिन छ । यद्यपी सडक बनाउन प्रयास नभएका त होइनन् । तर सडक निर्माण गर्ने बहानामा झनै सडक बिग्रिदै गएको छ । सडकको जिम्मा लिएका निर्माण कम्पनीको चरम लापरवाहीले भएको सडक पनि अस्तव्यस्त छ । सडकसंगै कोरालानाका गण्डकी प्रदेशकै मुख्य नाका हो । लोमान्थाङ कृषि उर्वर भूमि हो ।कृषि उपजको राम्रो बजारीकरण हुन सकेको छैन । कृषिमा उर्वर लोमान्थाङ भएपनि कृषि बजारको अभाव छ । कृषिमा समेत रोजगारी सिर्जना गर्न सकिन्छ ।

तर राज्यको ध्यान पुग्नै सकेन अझै बेरोजगारीका कारण कारण युवा शक्ति विदेश पलायन भैरहेको छ । प्रकृति र संस्कृतिको संगम मुस्ताङमा कृषि उपजलाई चीनको बजारमा समेत पुराउने सकिन्छ । तर महत्वपूर्ण पूर्वाधार सडक अधुरै छ । चीनको बजारमा उपज पुराउन कोराला नाका खुल्नु अनिवार्य शर्त हो । कृषि र पर्यटनमै अब्बल गन्तव्य लोमान्थाङमा पर्यटकलाई पुराउन सकिन्छ । तर आधारभूत सेवा सुविधा नै मुख्य तगारो छ । संस्कृतिले धनी ग्रामीण क्षेत्र चिनियां पर्यटकको रोजाई हो, तर पर्यटक पुग्ने पहुंच अर्थात सडक संजाल गतिलो छैन ।

उपल्लो मुस्ताङको छोसेरका कोरालानाका नखुल्दा कृषि र पर्यटनमा समस्यै समस्या छन् । पूर्वाधारको समस्या त छ नै, सेवा क्षेत्रमा पनि उत्तिकै समस्या छ । गुणस्तरीय पर्यटन सेवा पाउन मुस्किल छ । सडकमा सुधार भए सेवामा पनि सुधार गर्न सकिने व्यवसायी बतांउछन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group