ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयोगको आचरणकै कारण आचारसंहिता उलंघन


admin
९ कार्तिक २०७४, बिहिबार   १० : १८   बजे

काठमाडौं, ९ कात्तिक । कानुन सुशासन कायम गर्नका लागि बन्छ । तर, हाम्रो देशमा कानुनको कार्यन्वयनभन्दा उलंघनको गतिविधि धेरै हुन्छ । नेपालमा एउटा गलत भनाइ स्थापित छ । मानिसहरु भन्छन् : कानुन उलंघन गर्नकै लागि बन्छ । यही, गलत भनाइलाई मानिसहरुले व्यवहारत प्रयोगमा ल्याउँदा देशमा सुशासन कायम हुन सकेको छैन । त्यसैले कानुन पालना गर्नेभन्दा पनि उलंघन गर्नेको संख्या बढी छ । यतिखेर निर्वाचन नजिकिएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यन्वयनमा जोड दिएको छ । राजनीतिक दलहरु आचारसंहिता कार्यान्वयनमा मञ्जुर छन् । तर, व्यवहारमा आचारसंहिता पालना गर्न राजनीतिक दल पिटिक्कै तयार छैनन् । देश हाक्ने अभिप्रया लिएका राजनीतिक दलका नेता कार्यकर्ता नै कानुन पालना गर्न इमानदार हुँदैनन् भने अरु को अग्रसर हुने ? तर, राजनीतिक दलहरुले त्यसै आचारसंहिता पालना नगरेका होइनन । आचारसंहिता पालना नहुनुमा धेरै कारण जोडिएका छन् ।

दलहरुकै कारण आचारसंहिता उलंघन
राजनीतिक दलका नेता कार्यकताले निर्वाचनका बेला गर्ने प्रचारको शैली नै गलत छ । राजनीतिक दलका नेता कार्यकर्ता आफ्नो मुद्धा आम नागरिकलाई जानकारी गराउन निर्वाचनलाई महत्वपूर्ण अवसर मान्छन् । तर, यो गलत छ । निर्वाचन नआएसम्म राजनीतिक दलका नेता कार्यकर्ता नागरिकको घरदैलोसम्म पुग्न् चाहदैनन् । नागरिकले दलका नेता कार्यकर्ताको अनुहार देख्न अर्को निर्वाचन कुनुपर्ने परिस्थिति अझै पनि छन् । त्यसैले दलका नेता कार्यकर्ता र आम नागरिकबीचको दुरी लामो छ । यस्तो अवस्थामा राजनीतिक दलले निर्वाचनकै बेला विभिन्न प्रचार सामग्री मतदातासम्म पुर्‍याउनुको विकल्प हुँदैन । र, निर्वाचनकै बेला दलको चुनाव चिन्ह अंकित सामग्री बोकेर मतदातासम्म दलका नेता कार्यकर्ता पुग्दा स्वत आचारसंहिता उलंघन हुन्छ । यो कारण पनि हाम्रो देशमा निर्वाचन आचारसंहिता उलंघनको घटना बढी हुने गरेको छ ।

पुरानै शैलीको प्रचारमा विश्वास
राजनीतिक दलका नेता कार्यकर्ता पुरानै शैलीको प्रचारमा व्यस्त छन् । उनीहरु, पुरानै शैलीमा ठूला–ठूला तुल, व्यानर र प्रचार साग्रीकै प्रयोग गर्न चाहन्छन् । मतदाताले चुनावको बेला गरिने प्रचारकै भरमा मतदान गर्ने काल सकिएको राजनीतिक दलका नेता कार्यकर्ताले थाहा पाउन सकेका छैनन् । आजकाल, टोल–टोलमा उम्मेदवारको बारेमा बहस हुन्छ । चुनावी मैदानमा रहेका उम्मेदवारले विगतमा गरेका कामको बारेमा छलफल हुन्छ । तर, कुन राजनीतिक दलले के नीति लियो भन्ने विषयमा खासै बहस हुँदैन । विगतमा काम गरेकै आधारमा नेपाली मतदाताले प्रतिनिधि चुन्न थालेका छन् । त्यसैले, अबका मतदाताले प्रचारकै भरमा कुनै उम्मेदवारलाई मतदान गर्छन भनेर विश्वास गर्ने दिन छैन । योग्य र क्षमतावान उम्मेदवार चुन्न आम मतदाताले जानिसकेका छन् । यस्तो, अवस्थामा राजनीतिक दलले पुरानै शैलीमा प्रचार गर्नाले पनि निर्वाचन आचारसंहिता उलंघनको घटना बढेको छ ।

लाचार निर्वाचन आयोग
राजनीतिक दल त आचारसंहिता पालनामा बदमास नै छन् । तर, आचारसंहिता कार्यन्वयन र पालना गराउने निर्वाचन आयोग नै लाचार छ । निर्वाचन आयोगले आचारसंहिता लागु गराउन सक्छ । तर, आचारसंहिता पालना भयो या भएन भनेर अनुगमन गर्न निर्वाचन आयोग सक्षम देखिएको छैन । हरेक निर्वाचनमा आचारसंहिता उलंघन गरे कारवाही गर्ने दावाका साथ निर्वाचन आयोगले आचारसंहिता लागु गर्छ । सँगै, आचारसंहिता जारी गर्ने र उलंघन गर्ने काम सुरु हुन्छ । तर, अहिलेसम्म आचारसंहिता उलंघन गरेको कारण कुनै उम्मेदवार वा राजनीतिक दलका नेता कार्यकर्ता कारवाहीमा परेको नजिर छैन । निर्वाचन आयोगले आचारसंहिता कार्यन्वयन भए या नभएको अनुगमन गर्न हरेक निर्वाचनमा टोली खटाउने गरेको छ । तर, अनुगमनमा खटिने टोलीले यो दलले आचारसंहिता उलंघन गर्‍यो भनेर अहिलेसम्म कुनै पनि निर्वाचनपछि प्रतिवेदन सार्वजनिक गरेको थाहा छैन । त्यसैले, निर्वाचनको बेला आचारसंहिता उलंघनको घटना बढ्ने गरेको छ ।

निर्वाचन आयोगमा दलिय प्रभाव
हाम्रो देशका हरेक निकायमा राजनीतिक भागबण्डा हुन्छ । राजनीतिक भागबण्डाले धेरै क्षेत्रमा असहज परिस्थिति बन्ने गरेको छ । न्यायालय समेत राजनीतिक भागबण्डाकै आधारमा चल्ने हाम्रो देशमा निर्वाचन आयोग राजनीतिक प्रभावभन्दा बाहिर रहने कुरै भएन । राजनीतिक भागबण्डाकै आधारमा निर्वाचन आयोगमा आयुक्तहरु नियुक्त हुन्छन् । कर्मचारीहरु त्यसै पनि राजनीतिक आस्थाकै भरमा काम गर्छन् । राजनीतिक आस्थाधारीहरु निर्वाचन आयोगमा हुने भएकाले कुनै राजनीतिक दलका नेता या कार्यकर्ताले आचारसंहिता उलंघन नै गरे पनि कारवाही गर्न निर्वाचन आयोग तयार हुँदैन । कारवाही गरे आफ्नै पार्टीका नेता या कार्यकर्ता कारवाहीको भागीदार हुने पीरले निर्वाचन आयोगका आयुक्त या कर्मचारी कारवाहीका लागि तयार हुँदैनन् । त्यसैले, निर्वाचन आयोगका आयुक्त या कर्मचारी राजनीतिक प्रभावभन्दा बाहिर नगएसम्म निर्वाचनको समयमा आचारसंहिता उलंघनको घटना कम हुने कुनै सम्भावना छैन । यसरी विभिन्न कारणले निर्वाचनको समयमा निर्वाचन आचारसंहिता उलंघनको घटना बढी हुने गरेको छ ।

कानुन उलंघन होइन पालना गर्नका लागि बन्छ । तर, यहाँ कानुन पालना गर्ने कमै मात्र भेटिन्छन् । यतिखेर निर्वाचन आचारसंहिता लागु भएको छ । तर, पालना गर्ने कम मात्र छन् । निर्वाचन आचारसंहिता पालना नहुनु हाम्रो टाउको दुखाईको विषय होइन । तर, कुनै पनि शीर्षकमा कानुन बन्छ भने त्यो कडाइका साथ पालना हुनु पर्छ भन्ने हाम्रो मान्यता हो । राजनीतिक दलहरुले आफु अनुकुल प्रचार सामग्री प्रयोग गरु, त्यो हाम्रो चासोको विषय नहुन सक्छ । तर, देशलाई नेतृत्व गर्ने दावा गरिरहेका राजनीतिक दलहरुले देशको नियम कानुन पालना गरुन भन्ने हाम्रो पनि चाहना हो । यसरी नै कानुन बन्ने र कार्यन्वयन भन्दा बढी उलंघन हुने हो भने हाम्रो देशमा कानुन छ भनेर कसरी भन्ने ? यो प्रश्नको जवाफा नपाएसम्म आम नागरिक पनि कानुन पालनाको सवालमा सधै अग्रसर बनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group