ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वतन्त्र सांसद राजीवको प्रवेशसँगै गण्डकी प्रदेश सभामा नेकपाको दुईतिहाई


एबीसी न्यूज
१९ असार २०७६, बिहिबार   १२ : २७   बजे

पोखरा, १९ असार । गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद राजीव गुरुङ ( दीपक मनाङे) बिहीबार नेपाल कम्युनिस्ट पार्टी प्रवेशगर्नुभएको  छ। गण्डकी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले राजीवलाई स्वागत गर्नुभएको हो ।

स्वतन्त्र सांसद राजीवको प्रवेशसँगै गण्डकी प्रदेश सभामा नेकपाको दुईतिहाई बहुमत पुगेको छ । ६० सदस्यीय प्रदेशसभामा अब नेकपाको संख्या ४० पुगेको छ । तत्कालीन एमालेका २७ र माओवादीले १२ सदस्य गरी संसदमा ३९ सदस्यीय बहुमतमा नेकपा थियो ।

गण्डकी प्रदेशमा कांग्रेस १५, जनमोर्चा ३ र नयाँ शक्तिको २ सिट छ । जनमोर्चाका सांसद टेकबहादुर घर्तीको निधन भएपछि उपनिर्वाचन नहुँदासम्म एक सिट रिक्त छ । मनाङको प्रदेशसभा ख बाट निर्वाचित राजीव नेकपामा प्रवेश गरेपछि दुईतिहाई बहुमतको बनेको हो । मनाङ प्रदेश सभा ख तत्कालीन एमालेको भागमा परेको थियो । अन्तिममा आएर उम्मेदवारी फिर्ता लिँदै राजीवलाई नै एमालेले समर्थन गरेपछि उहा स्वतन्त्र सांसदको रुपमा निर्वाचित हुनुभएको थियो ।

सासंद राजीवसँगै बिहीबार विप्लव नेतृत्व नेकपाका कास्की सचिवालय सदस्य तथा माछापुच्छ्रे इन्चार्ज पुष्प कार्की पनि नेकपा प्रवेश गर्नुभएको छ । उहाँ ५२ सालदेखि भूमिगत जीवन बाँचेको र अहिले पार्टी प्रतिवन्धको अवस्था पनि नेकपामै रहेको बताउँदै अब नेकपाले नै विकास गर्ने बताएकाले प्रवेश गरेको बताउनुभयो ।

मन्तव्यको क्रममा मुख्यमन्त्री गुरुङले विप्लव समूहका सबै व्यक्तिलाई नेकपामा आउन समेत आह्वान गर्नुभयो । ‘कुन्ठाको आधारमा आतंक फैलाउने काम राम्रो होइन, सबै विप्लव समूहका व्यक्तिलाई नेकपा प्रवेश गर्न अनुरोध गर्छु,’ उहँले भन्नुभयो। ‘सुखी नेपाली र समृद्ध नेपालका लागि अर्को विकल्प छैन ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group