ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होहल्लाको भरमा भाषा प्रयोग गरेर दिएको निर्देशन राम्रो नहुने– प्रविधिमन्त्री बास्कोटा


एबीसी न्यूज
१९ असार २०७६, बिहिबार   ६ : १०   बजे

 

काठमाडौं, १९ असार । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले होहल्लाको भरमा आईफा अवार्ड रोक्न संसदीय समितिले निर्देशन दिएको दावी गर्दै चर्को असन्तुष्टि जनाउनु भएको छ ।

संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले सो अवार्ड रोक्न होहल्लाको भरमा जे पायो त्यही भाषा प्रयोग गरेर दिएको निर्देशन राम्रो नहुने मन्त्री बास्कोटाको चेतावनीयुक्त भनाई छ । बिहीबार मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले संसदीय समितिले गहिरोसँग अध्ययन नै नगरी सो निर्देशन दिएकोमा आक्रोश व्यक्त गर्नु भयो । ‘आईफामा के भएको थियो र ?’, मन्त्री बास्कोटाको भनाई थियो, ‘संसदीय समितिले दिने निर्देशन विषयको गहि¥याईमा पुगेर दिनु पर्छ, होहल्लामा त्यत्तिकै भाषा जे पायो त्यही गरेर निर्देशन दिनुचाँही त्यति राम्रो हुँदैन ।’

मन्त्री बास्कोटाले आईफा अवार्ड विजनेशको प्रश्न भएको उल्लेख गर्दै त्यसमा नेपाल सरकारले आयोजनाका लागि सैद्धान्तिक स्विकृति मात्रै दिएको उल्लेख गर्दै त्यसमा पैसा दिने कुनै निर्णय नगरिएको पनि पटक पटक दोहो¥याउनु भयो । विश्वका विभिन्न २० वटा भन्दा बढि देशहरुमा आयोजना भईसकेको सो अवार्ड नेपालमा गरौं भन्ने प्रस्ताव आएको तर त्यसका मोडालिटीका विषयमा सरकारले छलफल गर्न तयार हुँदाहुँदै संसदीय समितिले हतारहतारमा ‘आकाश खसेजसरी, धर्ती भासिए जसरी’ निर्देशन दिनु आवश्यक नभएको उहाँको भनाई छ । मन्त्री बास्कोटाले सरकारले त्यस्ता इभेन्ट आयोजना गर्दा लाभहानीलाई हेरेरै गर्ने बताउँदा पनि संसदीय समितिले त्यसलाई बेवास्ता गरेको आरोप पनि लगाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group