ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महेन्द्रनरायण निधिको नामबाट नगरपालिकाको नामाकरण गर्न खोज्दा नगरसभामा विवाद


एबीसी न्यूज
२० असार २०७६, शुक्रबार   ४ : ५९   बजे

 

धनुषा २० असोज । धनुषाको नगराइन नगरपालिकाको नगरसभा विवादित बनेको छ । मेयर प्रमेश्वर यादबले काँग्रेस उपसभापति बिमलेन्द्र निधीका बुवा स्वर्गिय महेन्द्र नारायण निधीको नामबाट नगरपालिकाको नामाकरण गर्ने प्रस्ताव गरेपछि नगरसभा विवादित बनेको हो ।

विवादका कारण असार १० गते नै सुरु भएको नगरसभा अझै सम्पन्न हुन सकेका छैन । आज विहान ११ बजे नगरसभाको अन्तिम बैठक बोलाएको थियो । तर नगरपालिकाको नाम परिवर्तन गर्न बहुमत नपुग्दा फेरी स्थगित भएको छ । अब अर्को बैठक असार २४ गते गर्ने निर्णय गरिएको मेयर यादबले जानकारी दिए ।नेपाली काँग्रेसबाट निर्वाचित मेयर यादबले नगरपालिकाको नाम परिवर्तन गर्ने विषय गम्भिर रहेकाले छलफल गरी मात्र निर्णय लिने भनेर बैठक सारेको बताए । तर नेकपा र समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले बहुमत नपुग्दा बैठक सारेको बताउँछन् । वडा ८ का अध्यक्ष संजय राउतले जनप्रतिनिधिलाई खरिद गर्ने प्रयास गरेको र असफल भएपछि बैठक सारेको आरोप लगाए ।

नगरपालिकाको नाम परिवर्तन गर्न दुई तिहाइ बहुमत चाहिन्छ । यस नगरपालिकामा कुल ५९ कार्यपालिका सदस्य छन् । जसमध्ये करिब ३४ जना भएपछि मात्र नाम परिवर्तन हुन्छ । तर काँग्रेसको मात्र २९ जना छन् । नाम परिवर्तनका लागि ५ जना थप चाहिन्छ । ति ५ जना नेकपा र समाजवादी पार्टीका जनप्रतिनिधि सहमती नभए प्रस्ताव पास हुँदैन ।

मेयर यादबले आफूसँग बहुमत रहेको दावी गरे । काँग्रेसबाट निर्वाचित मात्र २९ जना छन् नी भन्ने जिज्ञासामा उनले केहि बोल्न चाहेन । उनले प्रजातन्त्रका लागि महेन्द्र नारायण निधीको ठूलो योगदान रहेको र एउटा विभुती नै भएकोले सम्मानका लागि उनको नामबाट नगरपालिकाको राख्न चाहेको बताए । यता, नेकपा र समाजवादी पार्टीका जनप्रतिनिधहरुले शहिद दुर्गानन्द झा वा अन्य शहिदको नामबाट नगरपालिकाको नामाकरण गर्दा मात्र सहमती जनाउने बताउँछन् । महेन्द्र नारायण निधीको नामबाट नगरपालिकाको नामाकरण गर्दा कुनै पनि हालतमा स्वीकार नगर्ने र आन्दोलनमा उत्रने चेतावनी उनीहरुको छ ।

गत वर्ष पनि मेयर यादबले नगरपालिकाको नाम महेन्द्र नारायण निधी राख्ने प्रयास गर्दा नगरपालिकाको कामकाज ४ महिना अवरुद्ध पारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड (पूर्णपाठ)

अधिवेशनकै दिन रास्वपा धनुषाका सभापति यादव निलम्बित

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी, धनुषा–१ मा विवादबीच मातृका यादवलाई प्रमाणपत्र

अर्को बज्यो घण्टी: धनुषा–३ मा मनिष झा विजयी, एमालेको जमानत संकटमा

मधेश प्रदेशमा ‘बालेन लहर’ को प्रभाव: रास्वपाको मजबुत प्रदर्शन, एक्जिट पोलले आधा सिट जित्ने संकेत

सर्लाही–४ मा मतदान सुरु भएकै केही समयमा हुलदङ्गा: बसबरियाको जनता माविमा तनाव, मतदान केहीबेर अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group