ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुक साक्षर घोषणा चाँडै- शिक्षामन्त्री पोखरेल


एबीसी न्यूज
२१ असार २०७६, शनिबार   ७ : १०   बजे

 

काठमाडौं, २१ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाललाई यही वर्ष साक्षर मुलुकका रुपमा घोषणा गर्ने अभियान सञ्चालन गरिएको बताउनुभएको छ । साक्षर मोरङ घोषणा समारोह तथा मोरङ जिल्ला खुला दिशामुक्त घोषणा समारोहमा उहाँले गरीबी घटाउन उत्पादन र सीपसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पोखरेलले विगतमा शिक्षामा राजनीति भएको हुनाले अहिले सामुदायिक विद्यालयको अवस्था खस्केको बताउनुभयो । उहाँले सङ्घीय सरकारले यस वर्ष २१२ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा विस्तारका लागि प्रयोगशाला र प्राविधिक शिक्षकको व्यवस्था गर्न बजेट छुट्टयाएको बताउनुभयो । स्थानीय सरकारले शिक्षा सेवा आयोग उत्तीर्णलाई शिक्षकमा नियुक्त गर्न आग्रह गर्दै उहाँले सङ्घीय सरकारले यस वर्ष एक हजार नमूना विद्यालय बनाई स्थानीय सरकारलाई सञ्चालनको जिम्मा दिने बताउनुभयो ।

वर्तमान सरकार सामुदायिक विद्यालय सुधारका लागि १० वर्षे अभियानअन्तर्गत आगामी आव २०८५/८६ भित्र अभिभावक र विद्यार्थीको पहिलो रोजाइ सामुदायिक विद्यालय बनाउने उद्देश्यले काम गरिरहेको मन्त्री पोखरेलको भनाइ थियो ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले विद्यालयले प्राविधिक शिक्षा र अङ्ग्रेजीमा पठनपाठन सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आगामी पाँच वर्षभित्र सामुदायिक विद्यालय सुधारका लागि ऐन ल्याइने जानकारी दिनुभयो । महानगरपालिका भित्रका १० विद्यालयलाई नमूनाको रुपमा विकास गरी अङ्ग्रेजी माध्यमबाट पठनपाठन गरिने उहाँले बताउनुभयो । कार्यक्रममा प्रदेशका प्रमुख सचिव सुरेश अधिकारी, जिल्ला समन्वय समितिका संयोजक नरेशप्रसाद पोखरेल, शिक्षा विकास समन्वय एकाइका अध्यक्ष दीर्घ चापागाईं, सुधा श्रेष्ठलगायतले साक्षर र खुला दिशामुक्त घोषणा गर्न सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group