ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताको आशालाई निराशामा परिवर्तन हुन दिँदैनौँ– परराष्ट्रमन्त्री ज्ञवाली


एबीसी न्यूज
२१ असार २०७६, शनिबार   ८ : ०२   बजे

 

काठमाडौं, २१  असार  । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जनताको आशालाई निराशामा परिवर्तन हुन नदिने अठोट व्यक्त गर्नुभएको छ । गुल्मी रुपन्देही सम्पर्क मञ्च, क्षेत्र नं १ ले आज बुटवलमा आयोजना गरेको विशेष भेटघाट कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले जनताको जीवनस्तर सुधारका लागि सरकारले महत्वपूर्ण कार्यक्रम अगाडि सारेकाले अनावश्यक हल्लाका पछाडि नलागी कार्यक्रम सफल बनाउनेतर्फ साथ दिन आग्रह गर्नुभयो ।

उहाँले जिल्लाका जनताले अपनत्व महसुस गर्ने हिसाबले सरकारले रोजगार र सामाजिक सुरक्षा कार्यक्रम अगाडि बढाएकाले जीवनस्तरमा परिवर्तनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री ज्ञवालीले सरकारले सबै प्रदेशका जिल्लामा भौतिक पूर्वाधार, कृषि, पर्यटन, शिक्षालगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विकासको आवश्यकता पूर्ति गर्न रु १८ खर्ब बजेट आवश्यक पर्छ । माग बढी छ तर स्रोत कम छ ।” भएको स्रोतको सदुपयोग गरी जनताका आवश्यकता पूरा गर्ने काममा सरकार लागेको उहाँको भनाइ थियो ।

मन्त्री ज्ञवालीले धेरै वर्षसम्म अरु मुलुकले विप्रेषणमा धानिने मुलुकका रुपमा मात्रै नेपाल चित्रित भए पनि १६ महीनाको अवधिमा नेपाल आफ्नो नाम र कामले चिनिन थालेको चर्चा गर्नुभयो । उहाँले थप्नुभयो, “हामी सरकारमा आउँदा नाकाबन्दीका कारण एउटा छिमेकी मुलुकसँग राम्रो सम्बन्ध थिएन । अर्को मुलुक चीनसँग औपचारिक सम्बन्ध मात्रै कायम थियो तर अहिले सम्बन्ध सुमधुर बनेको छ ।”

कार्यक्रममा गुल्मी जिल्लाको विकास र समृद्धिबारे सहभागीले राखेका जिज्ञासाको जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले कालीगण्डकी करिडोर र मदन भण्डारी राष्ट्रिय राजमार्गसँग जोडिने भएका कारण गुल्मीको भविष्य उज्वल रहेको बताउनुभयो । कालीगण्डकी करिडोरले संसारका दुई ठूला बजारलाई जोड्ने भएकाले भविष्यमा यसले देशको मुहार फेर्ने उहाँको विश्वास छ ।

मन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय बजारमा गुल्मीको कफीको माग भएकाले जिल्लालाई ‘कफी सुपर जोन’का रुपमा विस्तार गर्न २९ वटा फारम बनाउने तयारी भएको बताउनुभयो । देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यको सूचीमा रुरु, रेसुङ्गा र सत्यवती रहेकाले यी क्षेत्रको विकासलाई प्राथमिकता दिने उहाँले बताउनुभयो ।

मन्त्री ज्ञवालीले आगामी दुई वर्षमा जिल्लाका हरेक घरमा पानीका धारा पु¥याउने र खरको छानो विस्थापन गर्ने कार्यलाई पूर्णता दिने प्रतिबद्धता जनाउनुभयो । उहाँले लगानीअनुसार शिक्षामा प्रतिफल नआएकाले जिल्लामा प्राविधिक शिक्षालाई प्राथमिकता दिइएको बताउनुभयो । जिल्लामा दक्ष जनशक्ति उत्पादनका लागि जीवराज आश्रित स्मृति बहुप्राविधिक विद्यालय र कृषि क्याम्पस खोल्ने तयारी भइइरहेको मन्त्री ज्ञवालीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group