ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी र सरकार सञ्चालनमा भएको कार्यशैली प्रति सांसदहरुको तिव्र असन्तुष्टि ( भिडियोसहित)


एबीसी न्यूज
२२ असार २०७६, आइतबार   १२ : २८   बजे

काठमाडौ, २२ असार । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को संसदीय दलको बैठकमा सांसदहरुले पार्टी र सरकार सञ्चालनमा भएको कार्यशैली प्रति तिव्र असन्तुष्टि पोखेका छन् । खासगरी पार्टी एकिकरणप्रक्रिया पुरा नभएको, सरकारले विधेयकहरु पार्टीमा छलफल नगरी लैजानाले असफल भएको, सरकारको काम प्रभावकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । पार्टी अध्यक्षद्धयले भने बैठकमा उठेका विषयको सम्बोधन गर्ने प्रतिवद्धता गरेका छन् ।

शनिबार बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को संसदीय दलको बैठकमा सांसदहरुले पार्टी र सरकारको काम प्रभावकारी हुन नसकेको भन्दै आलोचना गरेका छन् ।

असार १६ गतेदेखि जारी नेकपाको संसदीय दलको बैठकमा शनिबार २२ जना सांसदले आफ्नो धारणा राखेका थिए । बोल्ने अधिकांश सांसदले पार्टी एकिकरण प्रक्रियाको बाँकी काम छिट्टै सम्पन्न गर्न पार्टी नेतृत्वसँग माग गरेका छन् । साथै सरकारले संसदमा विधेयकहरु लैजादा पार्टीमा छलफल नगरी लैजानाले सरकार सफल नभएको भन्दै आगामी दिनमा पार्टीमा प्रशस्त छलफल गरेर मात्र विधेयक लानुपर्ने बताएका छन् । शनिबारको बैठकमा पार्टी अध्यक्षद्धयले सम्बोधन गर्दै बैठकमा उठेको विषयहरुमा आफुहरुको ध्यानाकर्षण भएको बताएका छन् ।

नेकपा भित्र पार्टी एकताको बाँकी काम सम्पन्न गर्न शिर्ष नेतृत्वलेनै ढिलाइ गरेको आरोप नेताहरुले लगाउने गरेका छन् । पार्टीमा सांसदको कुरा सुनुवाइ नभएको, सरकारका मन्त्रीहरुले सांसदले लगेको आयोजना र विकास निर्माणका कामलाई प्राथमिकता नदिएको विषयपनि संसदीय दलको बैठकमा उठेको छ । सरकारका कामलाई प्रभावकारी बनाउन संसदीय दलको बैठकलाई गतिशिल बनाउनुपर्ने धारणा सांसदहरुले राखेका छन् ।

सांसदहरुले बिकास निर्माणको काममा आफ्नो क्षेत्रमा पर्याप्त बजेट नपुगेको भन्दै बैठकमा कुरा उठाएको सांसद लेखराज भट्टले जानकारी दिए ।

बैठकमा पार्टी अध्यक्षद्धयले पार्टी र सरकारको कामलाई प्रभावकारी बनाउनको निम्ति सांसदहरुसँग सम्बाद जारी राख्ने बताएका छन् । साथै बैठकमा उठेको विषयलाई आगामी दिनमा सम्बोधन गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । अध्यक्षद्धयले पार्टी एकताको बाँकी प्रक्रिया यही महिनाभित्रै टुंगाउने प्रतिवद्धता व्यक्त गरेको सांसद रामकुमारी झाँक्रिले जानकारी दिइन् ।

संसदीय दलको बैठक फेरी बस्नेछ तर मिति तय गरिएको छैन । अध्यक्षद्धयको समयानुकुल अर्को बैठक बोलाइने जनाइएको छ । नेकपाभित्र चुलिदै गएको विवादलाई साम्य पार्नको निम्ति सांसदहरुले उठाएको विषयवस्तुलाई पार्टी नेतृत्वले गम्भिर भएर कार्यान्वयनमा जोड दिनु आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group