ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतबाट आयाति तरकारी फलफूल परीक्षणबाट किन पछि हट्यो सरकार ? ( भिडियोसहित )


एबीसी न्यूज
२३ असार २०७६, सोमबार   ११ : २४   बजे

काठमाडौं , २३ असार  । सरकारले असार २ गते राजपत्रमा सूचना प्रकाशित गरेर भारतबाट आयाति तरकारी फलफूल परिक्षण सुरु ग¥यो । सीमा भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादी अवशेष परीक्षणबाट मात्रै आयात गर्न निर्देशन दियो ।

सरकारको निर्देशनपछि सीमा नाकामा आयातित फलफूल तथा तरकारीको परिक्षण पनि भयो । परिक्षण हुन थालेपछि केही समय तरकारी र फलफूलका मालवाहक ढुवानी साधन सीमामा रोकिए ।सरकारले विषादीयुक्त तरकारी फलफूलबाट मानवस्वास्थ्यमा गम्भीर असर गरेको तथ्यलाई मनन् गरि कदम बढायो । सरकारी कदमले आम जनमानसमा सकारात्मक सन्देश पनि दियो ।

यो कदम मानव स्वास्थ्यसं मात्रै सम्बन्धित थिएन, नेपाली उत्पादन र अर्थतन्त्रसंग पनि सम्बन्धित थियो र छ पनि । तर, सरकार १८ दिनपछि आफ्नै कदमबाट पछि हट्यो । सरकार पछि हटेपछि किसान र उपभोक्ता समेत आक्रोशित भएका छन् ।
नेपालमा भारतीय विषादीयुक्त तरकारी तथा फलफूल आयात हुदै आएको विषय नौलो होइन । सन १९९० को खुला अर्थव्यस्था नीति लागु भएपछि भारतीय उत्पादनको भरपर्दा बजार नेपाल हो । भारतीय कृषि होउन् या गैर कृषि उत्पादनको पहिलो बजार नेपाल नै हो ।

त्यस्तै कृषि उपज तरकारी तथा फलफूलको पनि बजार नेपाल हो । भारतीय तरकारी तथा फलफूल निर्वादरुपमा नेपालमा आयात हुदै आएका छन् । नेपालीले पैसा तिरेर वर्षाैदेखि प्रतिबन्धित विषादी प्रयोग गरिएका तरकारी र फलफूल उपभोग गर्ने बाध्यता छ । एकातिर आन्तरिक उत्पादन कमजोर हुदै जानु, अर्काेतिर भारतीय उत्पादनले नेपाली बजार कब्जा गर्दै जानुले आम नेपालीले विष खान बाध्य भएका छन् ।

मानवस्वास्थ्यसंग जोडिएको यति धेरै संवेदनशिल विषयमा विगतमा शासकहरु बेखबर जस्तै भए । लोकतन्त्रका जतिसुकै ठूला कुरा गरेपनि मानवस्वास्थ्यको विषयमा बोल्न कुनै दल वा समूहलाई फूर्सद मिलेन तर पछिल्लो समय ओली सरकारले यस विषयमा जनपक्षिय कदम उठायो । सरकारी कदम जति जनपक्षिय थियो र हो पनि । भारतीय शासकको दबदबावमा सरकारको आफ्नो निर्णयबाट पछि हटेपछि सरकारको चौतर्फी घेराबन्दीमा परेको छ । आम नेपालीको स्वास्थ्यसंग जोडिएको विषयमा भारतीय शासकसंग सरकार झुकेको आरोपको छ ।

नेपालको अर्थतन्त्र परनिर्भर जस्तै छ । व्यापारघाटा वर्षेनी करिब १५ खर्बको छ। कुल व्यापार घाटामा झण्डै ६० प्रतिशत भारतसंग छ । नेपालको व्यापार ९५ प्रशित आयात र ५ प्रतिशत निर्यातको अवस्था छ । भारतमा नेपाली उत्पादनको निर्यात सजिलो छैन । नेपाली बजारलाई अनेकन झन्झट बेहोर्दै आएका छन् । तर नेपालमा प्रतिबन्धित डिडिटी नामक विषादी प्रयोग गरिएको छ भारतीय तरकारीमा । जुन विषाधीको प्रयोग गर्न नहुने भन्दै सरकारले झन्डै २० वर्ष पहिले प्रतिबन्ध गरिएको हो ।

असार १४ गते नेपालस्थितको भारतीय दुतावासले प्लान्ट कवारेन्टाइन सूचना प्रणाली एवम् अन्तराष्ट्रिय वनस्पती सुरक्षा महासन्धअिनुसार सीमा नाकाको भारतीय तरकारी र फलफूल नरोक्न पत्र नै पठायो । सो पश्चात् पुनः वाणिज्य मन्त्रालयकै प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद्को बैठकले तरकारी र फलफूलको विषादी परीक्षण विना नै आयात गर्ने निर्णय ग¥यो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथयांकअनुसार कालीमाटीमा दैनिक करिब ८ सय टन तरकारी आयात हुन्छ । जसमध्ये ४४ प्रतिशत भारतबाट भित्रिन्छ । भारतबाटै आउने तरकारी र फलफूलमै सबैभन्दा बढी विषादी देखिने गरेको कालीमाटी तरकारी बजार परीक्षण केन्द्रले बताउदै आएको छ ।

कालीमाटी तरकारी बजारको प्रशस्त सम्भावना हु“दाहु“दै पनि नेपालमा कृषि अघि बढ्न नसकिरहेको क्षेत्र हो । आधुनिकिरण र व्यावसायिकरणको नाममा विगत केही दशक यता रसायनिक मल तथा कीटनासक औषधीको बढ्दो प्रयोगले भयावह रुप लियो । थोरै जमीन र लगानीमा धेरै नाफाको भाग खोज्ने होड नै चल्यो । तर उपभोक्ताको स्वास्थ्य भने त्यसको प्रत्यक्ष मारमा पर्दै आएको छ । विषादीको कारणले मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने गरेको छ ।

त्यसो त सरकारले तरकारीमा प्रयोग हुने विषादी मापन गर्नकै लागि भनेर विभिन्न ७ ठाउ“मा विषादी परिक्ष्ँण केन्द्रहरु खोलेको छ । झापाको विर्तामोड, सर्लाहीको नवलपुर, काठमाण्डौको कालीमाटी, कास्कीको पोखरा, रुपन्देहीको बुटवल, बा“केको नेपालगञ्ज तथा कैलालीको अतरियामा विषादी परिक्षण केन्द्रहरु रहेका छन् । तर, ल्यावमा पर्याप्त कर्मचारीहरु नहुदा विषादी परिक्षणको काम सहज एवं प्रभावकारी हुन सकेको छैन । तसर्थ, पर्याप्त परीक्षण केन्द्रको अभावका कारण विषादी परीक्षण नै नगरी भारतीय तरकारी र फलफूल भित्र्याउने निर्णय सरकारी निर्णय छ । जनशक्ति अभावमा परिक्षण केन्द्रहरु सुनशान छन् ।

भारतीय दबाब लगत्तै विषादी परीक्षणको निर्णय फिर्ता लिने सरकारको कदम एकदमै आत्मघाती छ । विदेशी हस्तक्षेपको प्रतिवाद गर्दै प्रविधि र जनशक्तिको उचित व्यवस्थापन गर्न सरकार लाग्नैपर्छ । विषादी जांचसंगै आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्दै कृषि उपजमा मुलुकलाई आत्मनिर्भर बनाउने कार्यक्रम योजना ल्याउनु पर्छ । आन्तरिक उत्पादनलाई जोड दिन सके स्वास्थ्य सुरक्षित हुने मात्रै होइन, मुलुकको अर्थतन्त्रमा समेत सुधार हने भएकोले यसतर्फ सरकारको ध्यान अनिवार्य जानुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group