खोटाङ, २३ असार र जिल्ला कारागार शाखा खोटाङको शौचालयमा एक कैदी मृत फेला परेका छन् । कर्तव्य ज्यान मुद्धामा कैदी जीवन बिताइरहेका केपीलासगढी गाउँपालिका–१ फेदीका ३१ वर्षीय सुदीप राई कारागारको प्रयोगमा नआएको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
आइतबार साँझ पौने सात बजे समूहमा नदेखिएपछि खोजी गर्दा झुण्डिएको अवस्थामा फेला परेको कारागारका प्रमुख चित्राखर आचार्यले बताउनुभयो ।
श्रीमतीको हत्या अभियोगमा दोषी ठहर भएका राई २० वर्षका लागि कारागार चलान भएका थिए । कर्तव्य ज्यान मुद्धामा सर्वोच्च अदालत पुग्दा समेत दोषी सावित भएपछि उनी जेल पठाइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्