ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साधुको भेषमा मन्दिरका पुजारीद्धारा दुई वर्ष देखि बालिका माथि यौन दुब्र्यवहार


एबीसी न्यूज
२३ असार २०७६, सोमबार   ६ : ५८   बजे

 

काठमाडौं, २३ असार । साधु सन्तलाई सबैले सम्मानको दृष्टिले हेर्ने गर्छन् तर जनकपुरका एक बाबाले एक बालिकालाइ यौन दुव्र्यवहार गरेको बाहिरिए पछि उनलाइ केहि दिन अघि भारतमा चर्चित यौन दुव्र्यवहार गरेका साधु रामरहिमको उपमा दिएको छ् ।

साधुले समाजलाई असल संस्कार सिकाउन भूमिका खेल्छन् भन्ने मान्यता छ । तर, जनकपुरमा एक साधु भेषधारीले निन्दनीय कुकर्म गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका९८ स्थित तुलसी स्मारकका पुजारी शिवशंकर दासले साना बालिकामाथि यौन दुव्र्यवहार गर्दै आएको घटना सार्वजनिक भएको छ । मन्दिरमा पुजापाठ गर्ने नाममा दासले बालबालिकालाई निःशुल्क ट्युशनसमेत पढाउने गरेका थिए । ट्युशन पढ्न जाने साना बालिकामाथि उनले दुष्कर्म गरेको आरोप लागेको छ । रामानन्दीय बैष्णव संघका तत्कालीन अध्यक्ष तथा रत्नसागर मठका महन्थ वैकुण्ठ दास वैष्णवल भारत घर भएका शिवशंकरलाई ५ वर्ष अगाडी तुलसी स्मारकमा पुजाआजा गर्ने जिम्मेवारी दिएका थिए ।

साधुको भेष धारण गरेका शिवशंकरले पछिल्लो दुई वर्षदेखि बालबालिकाहरुलाई पढाउने नाममा यौन दुर्व्यवहार गर्ने गरेको एक बालिकाका अभिभावकले बताएका छन् । उनले भने ‘मेरी ८ वर्षीया छोरीले बाबासँग पढ्न नजाने भनेर जिद्दी कारण बुझ्दा बाबाको कुकर्मका बारे थाहा पायांै,’ पीडित बालिकाका अभिभावकले भने, ‘बाबाको कर्तुतका बारेमा आवाज उठाएका थियौं तर, रामानन्दीय वैष्णव संघका तत्कालीन अध्यक्ष वैकुण्ठले उनको बचाउ गरे।’ वैकुण्ठकै डरका कारण कसैले पनि ती बाबाको खुलेर विरोध गर्न नसकेको अभिभावकले गुनासो गरे । हत्याकाण्डमा वैकुण्ठलाई १२ वर्षको जेल सजाय सुनाइएपछि उनका सहयोगी दुष्कर्मी बाबाको विरोधमा सर्वसाधारणले बोल्न सकेका हुन् ।

वैकुण्ठ हाल फरार छन् । दासले पढाउने बहानामा अन्य दुईजना बालिकाहरुसँग पनि दुष्कर्मको प्रयास गरेकाअभिभावकहरुले दाबी छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको अध्यक्षमा विभिन्न संघसंस्था र साधुसन्तसहितको बैठकले साधुको भेषमा दुष्कर्म गर्ने दासलाई कारवाहीका लागि प्रहरी प्रशासनमा जाने निर्णय गरेको छ ।

आइतबार धनुषाका प्रहरी उपरीक्षक शेखर खनाललाई साधुसन्त र संघसंस्थाका प्रतिनिधिले ज्ञापन पत्र समेत बुझाएका छन् । उपरीक्षक खनालले पीडित बालिकाहरुको बयानपछि मात्रै ती साधुमाथि अनुसन्धान सुरु हुने भन्दै अभिभावकलाई निवेदन दिन आग्रह गरेका छन् । आफ्नो दुष्कर्म सार्वजनिक भएको थाहा पाएपछि शिवशंकर दास फरार भएका छन् । उनी आइतबार बिहानैदेखि मन्दिरमा नरहेको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group