काठमाडौं, २३ असार । सिराह प्रहरीले २० ग्राम ब्राउन सुगर सहित कारोबारी पक्राउ गरेको छ ।
सिरहाको गोलबजारबाट लागुऔषध ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले ब्राउनसुगरसहित सिरहाको गोलबजार नगरपालिका वडा नम्बर –५ निवासी २५ वर्षीय राम बलि महतोलाई पक्राउ गरेको हो ।
उनिहरुको साथबाट १४१ पुरियामा करिब २० ग्राम ब्राउन सुगर, नगद रु २२ हजार ८ सय बरामद भएको छ । महतो लामो समय देखि नै लागुऔषध ओसारपसारमा प्रत्यक्ष संलग्न रहेको प्रहरीले जनाएको छ । विशेष सुराकीको आधारमा गोलबजारमा खानतलासी गर्दा यस क्षेत्रको अहिले सम्मकै ठुलो परिणाम लागुऔषध ब्राउन सुगर सहित महतोलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रबक्ता अपिल राज बोहराले बताए । यस क्षेत्रमा लागुऔषध ओसार पसार तथा बेचबिखन गर्ने प्रमुख भुमिका महतोको रहेकोसमेत उनले दाबि गरे ।
प्रतिक्रिया दिनुहोस्