ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक


एबीसी न्यूज
२४ असार २०७६, मंगलबार   ८ : ०८   बजे

काठमाडौं, २४ असार । आज मंगलवार मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बैठक बसिरहेको हो ।

आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण फिर्ताको निर्णयले आलोचित बनेपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाउनु भएको हो ।। प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले सरकारका कामका विषयमा छलफल गर्न मन्त्रीपरिषदको बैठक भएको बताउनुभयो । यो आकस्मिक नभएर हिजोकै निरन्तरता हो संयोजक अधिकारीले भन्नुभयो ।’

यसअघि सोमबार साँझ पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो । सो बैठकमा मन्त्रीहरूको रिपोर्टिङ सुनेका प्रधानमन्त्रीले मंगलबार बिहानको बैठकबाट यसबारे ठोस निर्णय लिने अनुमान गरिएको छ । मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बस्दै आएको छ । बैठकका निर्णय एक सातापछि सार्वजनिक गर्ने गरिएको छ ।

सोमबार मन्त्रिपरिषद बैठकमा छलफलका लागि रहेका एजेण्डामा छलफल बाँकी नै रहेकोले आज बिहान त्यसैको निरन्तरताका लागि बैठक बोलाईएको हो,’प्रधानमन्त्री निकट स्रोतले भन्यो, –‘यो सामान्य बैठक हो । तरंगित भईरहनु पदैन ।’

सोमबार प्रधानमन्त्री ओली, पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल बीच बालुवाटारमा छलफल हुनु, दिउँसो ४ वजे मन्त्रिपरिषद बैठक बस्नु , लगत्तै प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेट गर्नु र आज बिहानै वालुवाटारमा मन्त्रिपरिषद्को बैठक वोलाउनुले प्रधानमन्त्रीले केही नयाँ स्टेप चाल्दै पो छन की भन्ने आशंका भने मानिसहरुका बीचमा नजन्माएको होइन ।

कतै प्रधानमन्त्रीले मंगलबार नै मन्त्रिपरिषद् हेरफेरको तयारी पो गर्दैछन् की भन्ने प्रश्न पनि अहिले उठिरहेको छ । तर प्रधानमन्त्री निकट स्रोतले त्यस्तो कुनै योजना नरहेको बताएको छ ।

‘त्यस्तो योजना आजै(मंगलबार)का लागि छैन’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो,–‘सोमबार प्रधानमन्त्रीले राष्ट्रपतिसँग नियमित भेटघाटका लागि समय लिईसक्नु भएको थियो । मन्त्रिपरिषद बैठक चलिरहेकै बेला प्रधानमन्त्रीले लिएको समय भएपछि प्रधानमन्त्रीले बैठक भोलि बिहानै बस्यौं, अहिले म राष्ट्रपतिसँग भेट गर्न जानु छ भनेर जानुभएकोले त्यही बैठकका छलफल एजेण्डामा छलफल गर्न अहिले बिहान बैठक बोलाईएको हो ।’

राष्ट्रपति कार्यलयले पनि प्रधानमन्त्रीसँगको सोमबार साँझको भेट नियमित प्रक्रिया अन्र्तगतको भेटघाट मात्र भएको प्रष्टिकरण दिएको छ । ‘बाहिर के हल्ला छ थाहा छैन, तर उहाँहरुको भेटघाट नियमित हो,’– राष्ट्रपति कार्यालय स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group