काठमाडौं, २४ असार । काठमाडौंको भैंसेपाटीस्थित महानगरीय प्रहरी प्रभागबाट तीन थुनुवा सोमबार राति फरार भएका छन् । उनिहरु सोमबार राति प्रहरी हिरासतबाट भागेको ललितपुर प्रहरी प्रमुख रविन्द्र धानुकले पुष्टि गर्नुभएको छ ।
फरार भएकाहरुमध्ये दुई जना डाँका मुद्दाका र एक जना लागुऔषधका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे पनि अनुसन्धान शुरु गरिएको धानुकले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्