ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षात् शुरु भएसँगै सुनसान सौराहा


एबीसी न्यूज
२४ असार २०७६, मंगलबार   ५ : १६   बजे

 

काठमाडौं, २४ असार । वर्षात् शुरु भएसँगै पर्यटकीय क्षेत्र सौराहा सुनसान हुन थालेको छ । विगतका वर्षको तुलनामा यो मौसममा निकै कम पर्यटक आएको व्यवसायीले बताएका छन् ।

क्षेत्रीय होटल सङ्घ चितवनका कार्यवाहक अध्यक्ष दीपक भट्टराईका अनुसार असार महीना शुरु भएदेखि पर्यटकको सङ्ख्या निकै कम छ । उहाँका अनुसार गाडीबाट आउने पर्यटक दैनिक ५० जनासम्म पुग्न मुस्किल भएको छ । समूहमा आउने पनि कम छन् ।

गत वर्ष यतिबेला दैनिक १५० भन्दा बढी पर्यटक गाडीमा आउने गर्दथे । पर्यटक अस्वभाविक रुपमा कम आएपछि कतिपय होटलले मजदूरलाई खेत रोपाइँमा जान बिदा दिन थालेका छन् ।

विसं २०७२ साल अघिसम्म यो मौसम होटलले मजदूरलाई छुट्टी दिने गरेका थिए । त्यसपछिका वर्षमा बिदा नदिएको भए पनि यस वर्ष केही होटलले पर्यटक निकै कम भएपछि मजदूरलाई बिदा दिन थालेका हुन् । होटलमा पर्यटक नहुँदा मजदूरलाई खुवाएर पाल्नुको सट्टा घरको काम गर्न बिदा दिएपछि खुवाउने खर्च जोगिने गर्दछ ।

सङ्घका महासचिव राममणि खनालले सशस्त्र द्वन्द्वको समयमा जस्तै गरी पर्यटकमा कमी आएको बताउनुभयो । विसं २०५८ देखि २०६४ सालसम्म पर्यटक आगमनमा निकै कमी आएको थियो । त्यसैलाई झझल्को दिने गरी पर्यटक आगमनमा गिरावट आएको खनालले जानकारी दिनुभयो । गर्मी बढेको, अन्यत्र क्षेत्र विस्तार भएको, निकुञ्जभित्रको गतिविधिमा हुने कमीलगायतका कारण पर्यटक आगमनमा गिरावट आएको अनुमान गरिएको छ ।

सौराहामा ११० वटा पर्यटकीय होटल रहेका छन् । यी होटलहरुमा दुई हजार ७५० जना पर्यटक बस्न सक्ने क्षमता रहेको छ । आर्थिक वर्षको मसान्तको समयमा पर्यटकमा निकै कमी आएपछि होटललाई बैंकको ब्याज र किस्ता भुक्तानीमा समेत समस्या देखिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा घुम्ने पहिलो उद्देश्य लिएर यहाँ पर्यटक आउने गर्दछन् । अहिले आएका न्यून पर्यटक चिनियाँ, भारतीय र नेपाली छन् । सौराहा आउने पर्यटकहरुको बसाइ पनि निकै कम हुने गरेको छ ।

वर्षायाममा जङ्गल सफारी नहुने र वर्षाको कारण हिँडडुल गर्न पनि कठिनाइ हुने हुँदा पर्यटक एक दिन बसेर फर्किने गर्दछन् । यही असार २१ बाट जङ्गल सफारी बन्द गरिएको छ । दुई वर्षअघि वर्षाले सौराहाका अधिकांश होटल डुबानमा परेपछि पर्यटकको उद्धार गर्नुपरेको थियो । वर्षाका कारण मुग्लिन–नारायणगढ खण्डको सडकमा पटकपटक पहिरो जाने गरेकाले पनि पर्यटकहरुले चितवन भ्रमणलाई प्राथमिकतामा नराखेको व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group