ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार दश पत्रकारलाई


एबीसी न्यूज
२५ असार २०७६, बुधबार   ४ : ५१   बजे

 

काठमाडौँ, २५ असार । यस वर्षको ‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ राष्ट्रिय समाचार समिति राससका प्रकाश सिलवालसहित १० जना पत्रकारलाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासङ्घले केन्द्रीय बालकल्याण समितिको सहकार्यमा प्रदान गर्दै आएको सो पुरस्कारबाट राससका सिलवाल, नागरिक दैनिकका हिमाल लम्साल संयुक्त उपत्यका र खगेन्द्र अधिकारी उपत्यका बाहिर, ताप्लेजुङ लाई प्रदान गर्ने निर्णय गरेको हो ।

रेडियोतर्फ उपत्यकामा रामकुमारी खड्का रेडियो उज्यालो एफएम र उपत्यका बाहिरबाट रुमा रिजाल ९रेडियो सप्तकोशी एफएम० लाई प्रदान गर्ने भएको छ । त्यस्तै टेलिभिजनतर्फ धनवीर दाहाल, रुकुम नेपाल टेलिभिजन र कोपिला पोखरेल बुद्ध आवाज टेलिभिजन, कपिलवस्तु, जनता टेलिभिजनबाट धनमाया भुसाल नवलपरासी संयुक्त–उपत्यका बाहिर र कार्यक्रम प्रस्तोतातर्फ सामुदायिक रेडियो प्रसारक सङ्घ सिआइएन र कान्तिपुर एफएमका शर्मिला खनाललाई प्रदान गरिने भएको छ ।

पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासङ्घ, केन्द्रीय बालकल्याण समिति र प्रेस काउन्सिल नेपालको संलग्नतामा गठित छनोट समितिले यही असार १७ गते बसेको बैठकले उक्त १० जना पत्रकारलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । छनोटका लागि गत वैशाख २६ गतेदेखि जेठ १५ गतेसम्म प्राप्त भएका २८ आवेदनको अध्ययन तथा छानबिन गरी रेडियो, छापा, टिभी र कार्यक्रम प्रस्तोतालाई दिने भएको हो ।

छनोट समितिले आवेदनमा सामग्रीको प्रस्तुति र भाषा, विषयवस्तुको छनोट तथा गहनता, विषयको सान्दर्भिकता, खोज तथा अनुसन्धान पत्रकारिता प्रयोग एवं व्यक्तिगत विवरण र अनुभवलाई मूल्याङ्कनको आधार बनाएको थियो ।

सो पुरस्कार यही असार २९ गते महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा मगरले प्रदान गर्नुहुनेछ । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group