सिरहा , २५ असार । पूर्वपश्चिम राजमार्ग अन्गर्तत सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर –११ स्थित सोनापुरमा दुई यात्रुबाहक बस एक आपसमा ठोक्किदा दर्जनौं यात्रु घाइते भएका छन् ।
ना ७ ख–५३८२ र ना ४ ख–६७४३ नम्बरको यात्रुबाहक बस एक आसपमा ठोक्किएको हो । उक्त दुर्घटनामा करिब १८ जनाभन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रबक्ता अपिल राज बोहराले जानकारि दिए।
घाइते यात्रुहरुलाई उपचारका लागि स्थानीय श्रमजीवी केयर अस्पताल र आरके मेडिसिटी अस्पताल जिरोमाइल लगिएको छ । केहि यात्रुको अवस्था गम्भिर रहेको बुझिएको छ । घाइते मध्ये अधिकांशको खुट्टा र टाउकोमा गम्भिर चोट लागेका छन् ।
प्रतिक्रिया दिनुहोस्