ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बहिरा व्यक्तिले अझै पाएनन् सवारी चालक अनुमतिपत्र


एबीसी न्यूज
२५ असार २०७६, बुधबार   ७ : ४१   बजे

 

 

 

 

काठमाडौँ, २५ असार ।  बहिरा व्यक्तिलाई सवारी चालक अनुमतिपत्र दिनु भन्ने सर्वोच्च अदालतले निर्णय गरेको छ वर्ष बिते पनि अहिलेसम्म कार्यान्वयन भएको छैन । संशोधनका क्रममा रहेको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा अपाङ्गता भएका व्यक्तिलाई सवारी चालक अनुमतिपत्र दिने व्यवस्था नहुँदा उनीहरुले चालक अनुमतिपत्र नपाएका हुन् ।

सर्वोच्च अदालतले विसं २०६९ चैत २९ मा ऐन संशोधन गरेर बहिरा नागरिकलाई सवारी चालक अनुमतिपत्र दिन सरकारका नाममा निर्देशनात्मक आदेश दिएको थियो ।

अपाङ्गता भएका व्यक्तिले सवारी चालक अनुमतिपत्र नपाउँदा उनीहरुलाई धेरै समस्या भएको नेपाल बहिरा महासङ्घका अध्यक्ष केपी अधिकारीले बताउनुभयो । अरू धेरै नागरिकको जस्तै निजी सवारी साधन चढ्नु बहिरा व्यक्तिको बाध्यता भएको उहाँको भनाइ छ । उहाँका अनुसार अहिले धेरै बहिरा व्यक्तिहरु होटल, रेष्टुरेण्ट, क्याफेलगायतका स्थानमा कार्यरत छन् । उनीहरु साँझ १०÷११ बजेसम्म काम गर्ने उहाँले बताउनुभयो । सार्वजनिक सवारी साधन राति अबेरसम्म नचल्ने र उनीहरुले अनुमतिपत्र पनि नपाउने हुँदा दुईपाङ्ग्रे सवारी साधन चलाउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “राति सार्वजनिक सवारी साधन नचल्दा एकातिर मोटरसाइकल चढ्नैपर्ने बाध्यता छ भने अर्कातिर हाम्रा साथीहरु समयसमयमा पक्राउ परिरहेका छन् ।”

महासङ्ले बहिरा व्यक्तिले पनि चालक अनुमतिपत्र पाउनुपर्ने भन्दै १० वर्षसम्म पैरवी गरेका थिए । यस क्रममा महासङ्घले पटकपटक धर्ना र आन्दोलनका कार्यक्रम पनि गरेका थियो । पैरबीले मात्रै सरकारले त्यसतर्फ ध्यान नदिएपछि महासङ्घले नै छ वर्षपहिले सर्वोच्चमा रिट दायर गरेको थियो । सर्वोच्चले ऐन संशोधन गर्न भने पनि लामो समयसम्म अवस्था उस्तै रहेको उहाँले बताउनुभयो ।

यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रमा ‘मापदण्ड पूरा गरेको सडकमा मात्रै चलाउन पाउने’ भनेको उहाँको भनाइ छ । सडक विभागले भने बहिरा व्यक्तिका लागि मात्रै छुट्टै मापदण्ड बनाउन नसकिने बताउँदै आएको छ । उहाँले भन्नुभयो, “एउटा निकायले अर्कोलाई देखाउने हुँदा हामीले सवारी चालक अनुमतिपत्र नपाएका हौँ ।”

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको गत साता बसेको बैठकमा बोल्दै अधिकांश सांसदले बहिरा व्यक्तिलाई चालक अनुमतिपत्र दिनुपर्ने बताएका थिए । समितिका सदस्यले ऐनमा संशोधन गरेर पनि अनुमतिपत्र दिनुपर्ने सुझाव राखेका थिए ।

यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले सरकारले अहिलेसम्म कार्यविधि नबनाएकाले सवारी चालक अनुमतिपत्र दिन नसकिएको बताउनुभयो । सवारी तथा यातायात ऐन संशोधनका क्रममा रहेकाले यी विषय समेटिने उहाँले बताउनुभयो । ऐन संशोधन भएपछि बहिरा व्यक्तिले समेत चालक अनुमतिपत्र पाउने गरेर व्यवस्था हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केही समयभित्रै समस्या समाधान हुनेछ ।”

ऐनको दफा ४७ मा ङ मा ‘साधरण ध्वनि सङ्केत, आवाज सुन्न नसक्ने गरी बहिरो भएको व्यक्ति चालक अनुमतिपत्र प्राप्त गर्न अयोग्य मानिनेछ’ भन्ने उल्लेख छ । सोही दफामा छारे रोग लागेका, बौलाएका, चस्मा लगाउँदा समेत देख्ने शक्ति ठीक नभएका व्यक्ति चालक अनुमतिपत्रका लागि अयोग्य हुने उल्लेख छ तर ‘यस्ता व्यक्तिको चालक क्षमता सम्बन्धमा परीक्षण गराई तोकिएबमोजिम मापदण्ड पूरा भएका सडकमा मात्रै सवारी चलाउन पाउने गरी निजलाई सवारी चालक अनुमतिपत्र दिन सकिनेछ’ भन्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group