ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छात्रामाथि यौन दुव्र्यवहारको आरोप लागेका शिक्षक धरौटीमा रिहा


एबीसी न्यूज
२६ असार २०७६, बिहिबार   १२ : ५१   बजे

 

काठमाडौँ, २६ असार । बाल यौन दुव्र्यवहारको आरोप लागेका सप्तरीका दुई शिक्षक बिहीबार धरौटीमा रिहा भएका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको आदेशमा सप्तरीको बोदे बर्साइन नगरपालिका–१० का ४० वर्षीय पशुपतिकुमार यादव र सिरहा लहान नगरपालिकाका ३५ वर्षीय रामकृष्ण यादव जनही रु ६५ हजार धरौटी राखी पुर्पक्षका लागि रिहा भएको अदालतले जनाएको छ ।

सप्तरी जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाका अनुसार पक्राउ परी थुनामा रहेका पशुपति र अदालतमा हाजिर भएका रामकृष्ण रु ६५ हजार धरौटी राखी तारेखमा रिहा भएका हुन् । जेठ २७ गते पक्राउ परेका पशुपतिलाई पुर्पक्षका लागि अदालतले धरौटीमा रिहा गर्ने आदेश गरेलगत्तै रामकृष्ण अदालतमा हाजिर भएका थिए ।

सुरुङ्गा नगरपालिका–२ स्थित जनता आधारभूत विद्यालय भेडिया, हर्दियामा अध्यापनरत निमावि राहत शिक्षकद्वयले छात्राहरुलाई कक्षाकोठा र कोचिङ कक्षामा यौन दुव्र्यवहार गर्ने गरेको भन्दै १४ वर्षीया बालिकाले इलाका प्रहरी कार्यालय कडरबोनामा जेठ २६ गते उजुरी दिएकी थिइन् । धरौटीमा रिहा भएका आरोपित शिक्षकले भने आफूहरुले बाल यौन दुव्र्यवहार नगरेको बताएका छन् ।

यसैबीच सप्तरीमा ११ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सप्तरीको बोदे बर्साइन नगरपालिका–३ का ३५ वर्षीय मोहम्मद मुस्ताकलाई बिहीबार पक्राउ गरेको छ । पीडितकी आमाले दिएको उजुरी र पीडितको बयानपछि आरोपितलाई पक्राउ गरी जबर्जस्ती करणीको उद्योगमा उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय, कल्याणपुरका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो ।

घरमा कोही नभएका बेला पानी खाने बहानामा सोमबार घर प्रवेश गरेका आरोपितले बलात्कार प्रयास गरेको पीडितले प्रहरीसमक्ष बयान दिएको प्रहरीले जनाएको छ । आरोपित सडक मजदूर हुन् । इलाका प्रहरी कार्यालय कल्याणपुरले पीडितको स्वास्थ्य परीक्षणपश्चात् उजुरी दर्ता गरी थप अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group