काठमाडौँ, २६ असार । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले तरकारी तथा फलफूलको विषादि परीक्षणका सम्बन्धमा भारतीय दुतावासले पठाएको पत्रबारे उठेको प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने बताउनु भएको छ ।
भारतीय दुतावासले पठाएकोे पत्र आफूलाई बेलैमा जानकारी नगराएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत असन्तुष्टि व्यक्त गरिरहनुभएको छ । दूतावासको पत्र बाहिरिएपछि प्रधानमन्त्री ओलीले आफूलाई यसबारे थाहा नै नभएको प्रतिक्रिया दिनुभएको थियो । आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले परराष्ट्र मन्त्रालयले सो पत्रबारे आफ्नो मन्त्रालयलाई जानकारी भने गराएको पनि स्पष्ट पार्नु भयो ।
मन्त्री खनालले तत्कालका लागि मलको अभाव नभएको पनि बताउनु भयो । उहाँले मनसुन सूरु भएकाले धान रोपाईँमा अव समस्या नहुने स्पष्ट पार्नुभयो । यस वर्ष मनसुन ढिलाई भएकाले गत वर्षको तुलनामा धान रोपाईँ हुन नसकेको मन्त्री खनालको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्