ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिंसाप्रति काँग्रेसको दृष्टिकोण चाहियो– सरकारका प्रवक्ता


एबीसी न्यूज
२६ असार २०७६, बिहिबार   ७ : ३४   बजे

 

सर्लाही, २६ असार । सर्लाही घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद् अवरोध गरिरहेका सन्दर्भमा प्रतिपक्षी काँग्रेसको हिंसाबारे दृष्टिकोणबारे स्पष्ट हुन सरकारले आग्रह गरेको छ । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटले हिंसालाई प्रोत्साहन गर्ने गरी काँग्रेसको गतिविधिले गम्भीर प्रश्नचिह्न खडा गरेको उल्लेख गर्दै यसबारे जवाफ माग गर्नुभयो ।

मन्त्रिपरिषद्को हालै भएको निर्णय सार्वजनिक गर्न आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटले हिंसाले घेराबन्दी गरे कोही पनि बाँकी नरहने सचेत गराउनुभयो । प्रतिपक्षी दलबाट सर्लाही घटनाका सम्बन्धमा संसदीय छानबिन समितिको मागका बारेमा मन्त्री बाँस्कोटाले सोही विषयलाई लिएर संसद् अवरुद्ध पहिलो र अन्तिम घटना हैन भन्दै हरेक घटनामा समिति बनाउनाको तुक नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “समितिहरु कस्तो विषयमा कति पल्ट बनाउने रु सबै विषयमा त्यो बनाउन सकिँदैन । विगतका पनि हेर्नुपर्छ, हरेक घटनामा समिति बनाउँदै जाने, दुर्घटनामा पनि समिति बनाउने, राज्यले गैरकानूनी हो भनेर हत्या हिंसा नगर भनेर प्रतिबन्ध लगाएको विषयमा पनि समिति बनाउने भन्ने कुरा सम्भव हँुदैन । अर्को कुरा समिति बनाउँदा कस्तो बन्छ, बन्ने र बनाउने दुवै राजनीतिकर्मी नै हुन् त्यस्ता प्रतिवेदन पोलिटिकल ‘प्रपगाण्डा’ मात्रै हुन्छन् ।”

प्रतिपक्षी काँग्रेसका प्रवक्ताले हालै सरकारले मृत्युको व्यापार ग¥यो भनेर दिएको अभिव्यक्ति सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा सञ्चारमन्त्री बाँस्कोटाले मृत्युको व्यापार हैन हामी जीवनको निरन्तरता खोज्दैछाँै, व्यक्तिको बाँच्न पाउने मानवअधिकार हुनुपर्छ भन्नुभयो । प्रतिपक्षी दलको शान्ति र लोकतन्त्रमाथि दृष्टिदोष रहेको आरोप लगाउँदै सञ्चारमन्त्री बाँस्कोटाले ‘काँग्रेस दिनमा बिपी र रातमा विप्लव’ हो भनी टिप्पणी गर्नुभयो ।

“मान्छे मार्न पाइन्न, जबर्जस्ती हत्या, हिंसा र आतङ्क कसैलाई पनि स्वीकार्य हुँदैन, हामीले प्रतिपक्षी काँग्रेसलाई हिंसाका बारेमा सिकाउने र यसबारे ‘कन्भिन्स’ गर्नुपर्ने भयो भने काँग्रेसका चार तारामध्ये शान्ति र लोकतन्त्र वा स्वतन्त्रताको तारो कहाँ गए खोज्नुपर्छ, त्यसैले हिंसा सत्तापक्ष र प्रतिपक्ष भन्ने हुँदैन यो सर्वत्र घृणा र भत्र्सनायोग्य हुन्छ”, उहाँले भन्नुभयो । उहाँले तरकारी र फलफूलको विषादी परीक्षणबारे चाहिनेभन्दा बढी प्रचार भइरहेको बताउँदै यसैका नाममा अनुचित दवाव कसैलाई पनि स्वीकार्य नहुने भनाइ राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group