ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मृत्युपछि आँखा दान गर्नेको सङ्ख्यामा वृद्धि


एबीसी न्यूज
२७ असार २०७६, शुक्रबार   २ : ४३   बजे

 

काठमाडौँ, २७ असार । पछिल्लो समय आँखा दान गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको पाइएको छ । मृत्युपछि जलेर जाने आँखाको नानीले दुई जनालाई दृष्टि दिन सक्छ भन्ने सन्देश प्रवाह भएसँगै आँखा दान गर्न इच्छा व्यक्त गर्नेको सङ्ख्या बढ्दै गएको छ । यससँगै मृत्युपछि आँखा दान गर्ने क्रम पनि बढेको छ ।

भरतपुर आँखा अस्पतालका सहायक व्यवस्थापक छाया श्रेष्ठका अनुसार असार १३ गते नारायणगढका ८४ वर्षीय मुक्तिलाल चुके र २५ गते नारायणगढकै ९० वर्षीया मीनकुमारी जोशीको आँखा परिवारले दान गराएका छन् । मृत्युपछि परिवारले उहाँहरुको आँखा दान गराएका हुन् । अस्पतालले उहाँहरुसहित हालसम्म सात जनाको आँखाको नानी निकालिएको छ । गत भदौ यता आँखा नानी सङ्कलन थालिएको हो । हालसम्म आँखा दान गर्न मन्जुरी गर्नेको सङ्ख्या २६६ पुगेको छ ।

श्रेष्ठका अनुसार मृत्यु भइसकेपछि तत्काल परिवारलाई बुझाउन सकेमा जोसुकैले आँखा दान गर्ने गर्दछन् । यद्यपि शोकको समयमा यसतर्फ ध्यान दिने कम भएकाले परिवारलाई बुझाएर आँखा दान गराउन समस्या हुने गरेको छ ।

चिकित्सकका अनुसार मृत्युपश्चात् जतिसक्दो चाँडो आँखा झिक्नुपर्ने हुन्छ । सामान्य ढङ्गबाट प्राविधिकले छोटो समयमा आँखाको पातलो झिल्ली मात्रै झिके पुग्दछ । कतिपयले आँखा पूरै निकाल्ने सोचका कारण दान गर्न हिच्किचाउने गरेको पाईन्छ ।

अस्पतालका डा पुष्पा गिरीले एक वर्ष भारतको मधुराईमा रहेको अरविन आँखा अस्पतालमा प्रत्यारोपणसम्बन्धी उच्चस्तरको तालिम लिएर आउनुभएको छ । झण्डै डेढ वर्षयता उहाँले ७० जनामा आँखाको नानी प्रत्यारोपण गरेको जानकारी दिनुभयो । गिरीका अनुसार तिलगङ्गामा रहेको नेपाल आँखा बैंकबाट नानी ल्याएर यहाँ प्रत्यारोपण गर्ने गरिएको छ । गिरीका अनुसार आँखामा फुलो परेको, चोटपटक लागेको र कतिपय जन्मजात आँखा नदेख्नेको पनि नानी प्रत्यारोपण गरेर दृष्टि फर्काउन सकिन्छ ।

यहाँ सङ्कलन गरिएको नानीलाई तिलगङ्गामा प्रशोधनका लागि पठाउने गरिन्छ । भरतपुर आँखा अस्पताललाई नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गर्दै आएको छ । सङ्घका सभापति कृष्णराज धरेलका अनुसार यहाँ नै आँखा बैंक स्थापनाका लागि स्थानीय भीमराज पाठक र उहाँकी धर्मपत्नी उषामाया पाठकले रु एक करोड ५० लाख दान गर्नुभएको छ । सो रकममा थप गरी आँखा बैंक स्थापना गर्ने लक्ष्य रहेको सभापति धरेलले बताउनुभयो ।

हाल अस्पतालभित्र भीमराज उषामाया पाठक आँखा बैंक नामक संस्था स्थापना गरी नानी सङ्कलनको काम भइरहेको छ । आँखा बैंक स्थापनाका लागि विभिन्न सङ्घ संस्थाले चासो देखाएको सभापति धरेलले बताउनुभयो । आँखा प्रत्यारोपण गर्नुपर्ने धेरै भए पनि मृत्युपछि आँखा दान गर्नेको सङ्ख्या बढ्न भने सकेको छैन । जिल्लाका दुई लायन्स क्लबले आँखा दानसम्बन्धी सचेतना कार्यक्रम शुरु गरेका छन् । लायन्स क्लब अफ नारायणी एमजेएफ र लायन्स क्लब अफ चितवन राईजले आँखा दान गर्न प्रचारका कार्यक्रम अघि बढाएका छन् ।

एमजेएफका अध्यक्ष राजन गौतमले मृत्युपछि एक जनाले आँखा दान गर्दा जीवित दुई जनाले आँखा देख्न सक्ने सन्देश घरघरमा पु¥याउन दुई लायन्स क्लबले अभियान शुरु गरेको जानकारी दिनुभयो । स्थानीय तहमार्फत शिक्षण संस्था, सरकारी कार्यालय, सामाजिक सङ्घ संस्थामार्फत अभियान गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu