पाल्पा, २८ असार । पाल्पाको सिद्धबाबामा पहिरोले बगाएर एक जनाको मृत्यु भएको छ।
निस्दी गाउँपालिका ४ मित्यालका ३० वर्षीय धनबहादुर सुनारीको मृत्यु भएको हो ।बुटवल–पाल्पा सडकखण्डअन्तर्गत हेडबक्स र रामापिथेकसबीचमा माथिबाट खसेको ढुंगासँगैको पहिरोले शनिबार दिउँसो करिब साढे दुई बजे उनलाई बगाएको थियो। उनको शब बेलुका साढे ५ बजेतीर निकालिएको हो।
उनले चलाएको लु ५० प ४६७१ नम्बरको मोटरसाइकल सडकबाट खोलामा खसेको थियो भने सुनारी भीरमा अड्किएका थिए । सडकमा माथिबाट चट्टान सहितको पहिरो आएकाले सुचारु हुन अझै ३–४ घण्टा लाग्ने दोभान प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक बालबहादुर घर्तीमगरले बताए।
प्रतिक्रिया दिनुहोस्