ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘अतिवरिष्ठ ज्येष्ठ नागरिक’ हटाउनुपर्ने– सांसद


एबीसी न्यूज
२९ असार २०७६, आइतबार   ५ : ३८   बजे

 

काठमाडौं, २९ असार । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि सङ्घीय संसद्, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिमा आजदेखि दफावार छलफल शुरु भएको छ ।

सिंहदरबारस्थित समितिको कक्षमा आज भएको छलफलका क्रममा सांसदहरुले ८० वर्ष र सोभन्दा माथिको ज्येष्ठ नागरिकलाई ‘अति वरिष्ठ ज्येष्ठ नागरिक’ सम्झिनु पर्दछ भन्ने प्रावधान राख्न नहुनेमा जोड दिनुभयो । सो विधेयकमाथि दिव्यमणि राजभण्डारी, देवेन्द्रराज कँडेल, सुजता परियार र लक्ष्मी परियारलगायत २१ जना सांसदले संशोधन प्रस्ताव हाल्नुभएको छ ।

अधिकांश सांसदले आज विधेयकमा उल्लेख गरिएको ‘असहाय’ शब्दको परिभाषा गर्नुपर्ने, ‘हेरचाह गर्ने नातेदार वा हकवालालाई’ भन्ने शब्दको सट्टा ‘हेरचाह गर्ने नातेदार, हकवाला र अन्य जुनसुकै व्यक्तिलाई’ भन्ने शब्द राख्नुपर्ने माग गर्नुभयो ।

सांसद विन्दा पाण्डेले “अलपत्र परेका त्यस्ता व्यक्तिको जाएजेथा वा अंशभाग भएमा स्थानीय सरकारले आफ्नो स्वामित्वमा ल्याई स्थानीय ज्येष्ठ नागरिकको हकहितका लागि परिचालन गर्नेछ”, भनी व्यवस्था गर्नुपर्ने भन्दै संशोधन प्रस्ताव राख्नुभएको छ ।

सोही अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले समितिका सांसदको सल्लाह, सुझाव र समितिकै निर्देशनका आधारमा विधेयक संशोधन गर्ने बताउनुभयो । पुष्पा भुसाल, अमृता थापा, उमा रेग्मीलगायतले भूगोल, जातजातिलगायत सबैलाई समेट्ने गरी ऐन संशोधन गर्नुपर्ने विचार राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group