ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी विष्टलाई


एबीसी न्यूज
३० असार २०७६, सोमबार   २ : ३३   बजे

 

काठमाडौं, ३० असार । कञ्चनपुरको भीमदत्तनगरमा आज सम्पन्न हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बलका धावक सन्तोष विक्रम विष्टले जित्नुभएको छ ।

‘दौड सुदूरपश्चिम दौड’ मूल नाराका साथ सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा भएको खुला राष्ट्रिय महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिताको उपाधि जितेसँगै सशस्त्र प्रहरी बलका विष्टले रु एक लाख नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

शुक्लाफाँटा नगरपालिकाको झलारी बजारबाट शुरु भएको दौडका उपाधि विजेता विष्टले एक घण्टा १५ मिनेट ३३ सेकेण्डमा दूरी पार गर्नुभएको थियो । यसअघि भीमदत्तनगरपालिकाको आयोजनामा भएको जैविकमार्ग हाफ म्याराथन प्रतियोगितामा पनि विष्टले उपाधि जित्नुभएको थियो ।

त्यसैगरी महिलातर्फ कञ्चनपुरको भीमदत्तनगरपालिकाको गड्डाचौकीका रेखा चन्दले उपाधि जित्नुभएको छ । हाफ म्याराथनको दूरी रेखाले एक घण्टा ४० मिनेटमा पार गर्नुभएको थियो । उपाधि उचालेसँगै रेखाले पनि रु एक लाख नगदबाट पुरस्कृत हुनुभएको छ ।

त्यस्तै पुरुष हाफ म्याराथनमा नेपाली सेनाका सुमन महादेन उपविजेता बन्नुभयो । उहाँले एक घण्टा २१ मिनेटमा दूरी पार गर्दै उपविजेता बन्नुभएको हो । उपविजेता भएसँगै सेनाका सुमनले रु ६० हजार नगदसहित पुरस्कृत हुनुभएको छ । स्थानीय लक्ष्मण भण्डारी तेस्रो हुनुभएको छ । उहाँले रु ४० हजारसहित पुरस्कृत हुनुभयो भने प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका सन्तोष बोहरा चौथो भएसँगै रु २० हजारसहित प्रमाणपत्रबाट पुरस्कृत हुनुभयो ।

महिलातर्फ भीमदत्तनगरपालिकाको बागफाँटाका लक्ष्मी बम उपविजेता बन्नुभएको छ । लक्ष्मीले म्याराथनको दूरी एक घण्टा ४३ मिनेटमा पार गर्नुभयो । उपविजेता लक्ष्मीले रु ६० हजारसहित पुरस्कृत हुनुभयो ।

त्यसैगरी नेपाली सेनाका कविता जनाल र सेनाकै अमृतिनाथ तेस्रो र चौथो हुनुभयो । तेस्रो हुने खेलाडीलाई रु ४० हजार र चौथोलाई रु २० हजार प्रदान गरिएको छ । प्रतियोगिताको उपाधि विजेतालाई रु एक लाख पुरस्कार प्रदान गरिएको छ भने महिला तथा पुरुष दुवैतर्फ पाँचौँ र छैठौँ हुने धावकलाई रु १०/१० हजार प्रदान गरिएको सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष लालबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसद धनञ्जय रेग्मीले दिए सरकारलाई पूर्वतयारीको चेतावनी-‘४७ एटमबमजस्ता हिमताल’

काठमाडौंसहित ९ जिल्लाका प्रमुख सडकखण्डमा यातायात अवरुद्ध

सम्बन्धित

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu