ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी प्रभावितलाई काङ्ग्रेस सांसदको पाँच दिनको तलब


एबीसी न्यूज
३० असार २०७६, सोमबार   ७ : २३   बजे

 

काठमाडौं, ३० असार । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदहरुले बाढी, पहिरो र डुबान प्रभावितका लागि राहत स्वरुप पाँच दिनको तलब सहयोग गर्ने भएका छन् । काङ्ग्रेस संसदीय दलले आज एक विज्ञप्तिमार्फत राष्ट्रिय विपद्को दुःखद् घडीमा सबैलाई एकताबद्ध भई विपद्को सामना गर्न आह्वान गरेको छ ।

काङ्ग्रेसले प्राकृतिक प्रकोपमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना, ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अपर्ण तथा शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । पाँच दिनदेखि परेको वर्षाका कारण बाढी, पहिरो र डुबानबाट विभिन्न जिल्लाका ६२ नागरिकले ज्यान गुमाएका छन् । कैयौँ नागरिक बेपत्ता, सयौँ घाइते तथा हजारौंँ प्रभावित भएका छन् । महत्वपूर्ण राजमार्ग अवरुद्ध भएको, अत्यावश्यक सेवा अवरुद्ध भएको, अर्बौैँ रुपैयाँ बराबरको घर, खेत, धनमाल र बाली नष्ट भएको वर्तमान अवस्थामा विपद् व्यवस्थापन, उद्धार राहत र पुनःस्थापना सम्बन्धी विषयमा संसद्मा गम्भीर छलफल गर्न आवश्यक भएको काङ्गे्रसले जनाएको छ ।

काङ्ग्रेसले बाढीपहिरोसँग सम्बन्धित अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न प्रतिनिधिसभाको आजको बैठकको अन्य कारवाही स्थगन गरी विपद् व्यवस्थापन सम्बन्धमा छलफल गरियोस् भनेर ल्याएको प्रस्तावमा सत्तापक्ष सकारात्मक नदेखिएको आरोप लागाएको छ । “यस सम्बन्धमा संसद्मा छलफल गरी सांसदको धारणा सुनेर सरकारले प्रतिबद्धता व्यक्त गर्नुपर्छ । विपद्का बेला सबै शक्ति एकजुट भई यसको सामना गर्न, जनतालाई विश्वास र भरोसा दिलाउन, विपद्बाट उद्धार, राहत र पुनःथापनामा जुट्नुपर्नेमा सरकार संसद्को सामना गर्न नै तयार नहुनु दुःखद् कुरा हो”, काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ
।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group