ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ मा पाँच वर्षमा प्रतिव्यक्ति आय दुई हजार अमेरिकी डलर पुग्ने, गरिबीको दर १० प्रतिशतमा झर्ने


sharan sharan
३१ असार २०७६, मंगलबार   १० : ३०   बजे

बुटवल, ३१ असार ।
प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७६।७७ मा ९ दशमलब ५ प्रतिशतको आर्थिक बृद्दीदर हासिल गर्ने लक्ष सार्वजानीक गरेको छ ।
आज बुटलमा आयोजना गरिएको एक कार्यक्रमका बिच प्रदेश सरकारको तर्फबाट तयार गरिएको प्रथम आवाधिक योजना सार्वजानीक गर्दै प्रदेश सरकारले गैर कृषि क्षेत्र भित्र उद्योग क्षेत्रको ग्राहस्थ आर्थिक बृद्दिदर १४ दशमलब ७ प्रतिशत र सेवा क्षेत्रको ९ दशमलब ७ प्रतिशतको लक्ष्य राखिएको जनाएको छ ।
प्रदेश सरकारले सार्वजानीक गरेको आवाधिक योजनामा कृषि क्षेत्रमा औसत बृद्धिदर ६ दशमलब ३ प्रतिशत र गैर कृषि क्षेत्रको औसत बृद्धिदर १० दशमलब ८ प्रतिशत प्रक्षेपण गरिएको छ । प्रदेश योजना आयोगले तयार पारेको आवधिक योजनामा चालूतर्फ १ अर्ब १२ खर्ब ३१ करोड र पूँजीगत खर्च १ खर्ब ४७ अर्ब ४० करोड र वित्तीय लगानी १२ अर्ब ५५ करोड हुने अनुमान गरिएको छ ।
यस अवधिमा वैदेशिक अनुदान ८ अर्ब १५ करोड, र बाँकी २२ अर्ब ८७ करोड घाटा ५ अर्ब १५ करोड वैदेशिक ऋण र १६ अर्ब ७२ करोड आन्तरिक ऋणबाट पूर्ति गर्ने अनुमान योजना आयोगको छ ।
यस अवधिमा भौतिक पूर्वाधार, कृषि, उद्योग, पर्यटन क्षेत्रलाई समेटने गरी बढी १० वटा प्रदेशकि गौरवका आयोजना छनौट गरी कार्यान्वन गर्ने, भू उपयोग नीति तथा प्रचलित ऐन बमोजिम भूमिको वर्गिकरण गरी कृषि उद्योग र आवाश क्षेत्रलाई छुटटाई भूमि व्यवस्थापन गर्ने लक्ष्य छ । पाँच वर्षमा प्रतिव्यक्ति आय वाषिर्क दुई हजार अमेरिकी डलर पुर्‍याउने र गरिबीको दर १० प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।
आवाधिक योजना सार्वजानीक गर्ने कार्यक्रममा बोल्दै ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनताको सक्रियसहभागिता रहे सरकारले राखेको लक्ष्य प्राप्त गर्न सकिने बताउनु भयो । मुख्यमन्त्री पोखरेलले प्रदेशमा लगानी सम्मेलन गरी पञ्च वर्षिय योजनाको लक्ष्य पूरा गर्ने आफूहरूले लक्ष्य लिइएको बताउनु भयो । उहाले आन्तरिकसँगै बाह्य लगानी भित्राएर प्रदेशलाई समृद्धिको दिशामा लैजाने बताउनु भयो। मुख्यमन्त्री पोखरेलले कृषि, उद्योग र पर्यटनबाट प्रदेशले ठूलो अपेक्षा गरेको बताउनु भयो । प्रदेशको समृद्धिमा नीजि क्षेत्रको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उहाले आवधिक योजनाको सफलताका लागि नीजि क्षेत्रबाट दुई तिहाई लगानीको अपेक्षा गरीएको बताउनु भयो ।
प्रदेश सरकारले आर्थिक वर्ष ७६।७७ मा कृषि तर्फ १४० अर्ब र गैर कृषित तर्फ ३२६ अर्ब मुल्य अभिबृद्दी र कुल ग्राहस्थ उत्पादनको लक्ष्य राखेको छ ।
प्रदेश सरकारले ५ नम्बर प्रदेशलाई मिनी नेपालको संज्ञा दिंदै समृद्द प्रदेश खुसी जनताको नारा तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

हिमालपारि कांग्रेसको राहत: मुस्ताङबाट योगेश गौचन थकालीको सानदार जित

स्याङ्जाको एक मतदान केन्द्रमा मतदान रोकियो: मतपत्रमा हस्ताक्षर नभएको विवाद

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group