ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्लाेबल टी २० क्रिकेट : सोमपाल आवद्ध हक्सद्वारा सन्दीप आवद्ध टोरन्टो तीन विकेटले पराजित


एबीसी न्यूज
१४ श्रावण २०७६, मंगलबार   १ : ३०   बजे

काठमाडौं, १३ साउन । क्यानडामा जारी ग्लोबल टी २० क्रिकेट लिगमा सोमपाल कामी आवद्ध विनिपेग हक्सले सन्दीप लामिछाने रहेको टोरन्टो नेश्नल्सलाई तीन विकेटले पराजित गरेको छ ।

क्यानडामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको टोरन्टोले २० ओभरमा सात विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो । भारतीय खेलाडी युवराज सिंहको कप्तानीमा रहेको टोरन्टोले सन्दीपलाई आइतबारको खेलमा बेन्चमा राखेको थियो । यही खेलका लागि सन्दीप र सोमपाल सिंगापुरबाट टी २० विश्वकपको एसिया छनोट सकिएको केही समयपछि क्यानडा गएका थिए । टोरन्टोका लागि रोद्रिगो थोमसले ६५ रन बनाए भने युवराज सिंहले ४५ तथा कायरन पोलार्डले विस्फोटक ५२ रन बनाए । पोलार्डले २१ बलमा तीन चौका र ५ छक्का प्रहार गरेका थिए । बलिङमा ड्वायन ब्राभोले चार विकेट लिए । जवाफमा सोमपालको टिम विनिपेगले २० ओभरमा सात विकेट गुमाउ“दै लक्ष्य पूरा र्गयो । उसका शीर्ष तीन खेलाडीले मात्र दोहोरो अंक बनाए पनि जित निकाल्न सफल भयो । उसका लागि क्रिस लियोनले विस्फोटक ८९ रन बनाए । जसमा उनले ४८ बलमा दुई चौका र १० छक्का प्रहार गरेका थिए ।

यस्तै, सेइमन अनवरले ४३ तथा सन्नी सोहलले ५८ रन बनाए । उसको जितमा सन्नी सोहल र क्रिस लियोन बीचको सतकीय साझेदारी नै जितको आधार बन्यो । दोस्रो विकेटका लागि लियोन र सोहलबीच एक सय १७ रनको साझेदारी भएको छ । यो खेलमा सोमपाल पनि बेन्चमा रहेका थिए । यो जितले विनिपेगले तीन खेलमा चार अंक बनाउ“दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
५

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group