काठमाडौं,१७ साउन । आधुनिक, विश्वसनीय, वैज्ञानिक एवम् उद्योगमैत्री भन्सार प्रशासन निर्माण बारे राजधानीमा दुई दिने गोष्ठीको आयोजना भएको छ । चोरी पैठारी, कालोबजारी नियन्त्रणका लागि प्रविधिका् प्रयोग गर्दै बजेटको अधिकतम प्रतिफल प्राप्तीका लागि गोष्ठी कार्यक्रम फलदायी रहने अर्थमन्त्रालयले जनाएको छ ।
भन्सार प्रणाली प्रविधिमैत्री, उद्योगमैत्री एवम् वैज्ञानिक बनाउन र यसका लागि नितिगत मार्गदर्शन निर्माणका लागि राजधानी दुई दिने भन्सार व्यवस्थापन गोष्ठीको आयोजना गरिएको छ । भन्सार विभागले विहीबार राजधानीमा आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले भन्सार प्रशासनसंगै सीमा प्रशासनलाई प्रभावकारी बनाउन अपरिहार्य भएको बताएका छन् ।
अर्थमन्त्री खडिवडाले हरेक भन्सार विन्दुमा प्रविधि र पूर्वाधार विकास गर्न सरकार क्रियाशील रहेको जानकारी दिदै उद्यमी, व्यवसायी र राष्ट्रिय अर्थतन्त्रको उन्नतिका निम्ति कानूनी एवं संरचनागत सुधारमा लागेको बताए । राष्ट्रिय पू“जी निर्माणमा निजी क्षेत्रलाई आह्वान गर्दै खतिवडाले भन्सार र व्यापारका पूर्वाधार बनाउन र सुस्तगतिमा भइरहेको औद्योगिकीकरणलाई दु्रतगतिमा बढाउन सार्वजनिक निजी साझेदारी आवश्यक भएको विचार व्यक्त गरे ।
भन्सार नाकाहरुमा आयात तथा निर्यातमा देखा परिरहेका चोरीपैठारी, कालोबजारी लगायतका समस्याहरुलाई नियन्त्रण गर्न भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउन पहल भईरहेको भन्सार विभागले जानकारी दिएको छ । विशेष गरी, साना भन्सारहरुको समस्या समाधान गर्न चुनौती रहेको बताउर्दै भन्सार विभागका महानिर्देशक रामेश्वर दंगालले प्रभावकारी भन्सार प्रशासनका लागि एकद्धार प्रणाली लागूहुनुपर्नेमा जोड दिए । भन्सार नाकामा एक रुपैंया पनि कारोबार नहुने गरि बैंङ्कीङ तथा वैज्ञानिक प्रणालीहरुको लागू हुनुपर्ने उनले बताए ।
भन्सार नाकाहरुमा आयात भन्दा पनि निर्यातका विषयमा धेरै छलफल हुनुपर्नेमा अर्थमन्त्रालयका अर्थ सचिव राजन खनालले जोड दिएका छन् । व्यापारघाटा न्यूनीकरण गर्न, उद्योगमैत्री तथा प्रविधिमैत्री भन्सार प्रशासन निर्माण गर्न देशको व्यापार पद्दती मै परिवर्तन हुनुपर्ने उनको धारणा छ । जसका लागि राज्यले पनि सकारात्मक र सहयोगात्मक भूमिका खेल्नुपर्ने उनको भनाई छ ।
भन्सार विभागको कार्यक्रममा तीन दर्जनभन्दा बढी साना निकायहरु एकद्धार प्रणालीमा आउने विषयमा छलफल भएको छ । भन्सार व्यवस्थापन समबन्धित यो दुई दिने गोष्ठीमा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श लगायत विभिन्न वयवसायीहरुको प्रतिनिधितवमूलक सहभागीता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्