काठमाडौं, १८ साउन । स्वच्छ, सफा र व्यवस्थित उपत्यकाको योजना सहित वर्षौ देखि राजधानीको फोहोर व्यवस्थापनको विषयमा कुरा उठीरहेको छ । तरपनि जनसंख्याको चाप, अव्यवस्थित शहरीकरण लगायत सरकोरवाला पक्षबरु बीच समन्वय अभाव तथा प्रभावकारी कार्यान्वयन हुन नसक्दा राजधानीमा अझै पनि फोहोर व्यवस्थापन हुन सकेको छैन ।
राजधानीमा मात्रै ५० देखि ६० प्रतिशत कुहिने फोहर निस्किने गरेको तथ्यांक छ । कृषि बजारमा मल अभाव भएर किसान रोइरह“दा पनि कुहिने फोहोरबाट मल बनाउन तर्फ राज्यको चासो पुग्न भने सकेको छैन ।
काठमाडौं महानगरपालिकाले फोहोरलाई बिन कम्पोष्टिङ र भर्मि कम्पोष्ट मल बनाउने अवधारणा करिब १६ वर्ष अघि नै ल्याएको हो । तर, यो अझै प्रभावकारी रुपमा कार्यान्वयन हुन सकिरहेको छैन । राजधानीका चोकै पिच्छे देखिने फोेहोरको दृश्यले देशको पर्यटन क्षेत्रमा नकरात्मक सन्देश दिएको छ ।
प्रत्यक्षरुपमा शहरको सौन्दर्यसंगै मानवजीवनको स्वास्थ्यलाई नै प्रतिकुल असर पारिरहेको छ । फोहर समयमै उठ्न सकेको छैन । फोहोरको जिम्मेवार निकाय महानगरपालिकाले चासो र चिन्ता भने नदिएको चाही हैन, तर प्रतिफल आउन सकेको छैन । फोहोेर ब्यवस्थापनमा, फोहरलाई मोहर बनाउ“ भन्ने अभियानपनि नआएका होइनन तर, परिणाम आउन दिन सकेनन् यस्ता कार्यक्रमले ।
राज्य मात्रै होइन नागरिक तहमा समेत सामाजिकञ रुपमा संस्कार र आचरणमा विकास हुन सकेन । यद्यपी फोहोर व्यवस्थापनमा भन्दा पनि फोहोरको श्रोत व्यवस्थापनमै महानगरपालिकाले जोड दिईरहेको वातावरण व्यवस्थापन माहाशाखाले जनाएको छ ।
राजधानीमा उत्पन्न हुने अधिकांश फोहोरमैलालाई पुनः प्रयोग गर्न सकिने गरि १८ वटै नगरपालिकासँग समन्वय तथा आन्तरिक तयारी एवम् कार्यान्वयनहरु भईरहेको महाशाखाले जानकारी दिएको छ । होटल, अस्पताल, कलकारखाना र घरबाट निस्कने फोहोरलाई घरभित्रै व्यवस्थापन भएमा सफा र स्वच्छ राजधानी निर्माणमा टेवा पुग्ने उनले बताए । यसो नगरिए, ल्याण्डफिल साईडहरु पनि भरिने र फोहोर व्यवस्थापनमा थप समस्या पुग्ने महाशाखाले बताएको छ ।
काठमाडौं महानगरले राजधानीको धुलो, धु“वा, फोहोर तथा प्रदुषण नियन्त्रण गरिरहेको बताए पनि आम नागरिक भने महानगरको कामप्रति सन्तुष्ट छैनन् । धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले सुन्दर राजधानीमा स्मार्ट सिटीको विषय पनि उठीरहेको छ । तर स्माटं सिटीको कुरा उठीरहेको राजधानीमा भने अझै नाक खुम्चाएर हिडुनु पर्ने नियती छ ।
देशकै प्रमुख प्रशाशकिय तथा पर्यटकिय नगरी भनेर काठमाडौंलाई चिन्ने गरिन्छ । धार्मिक, सा“स्कृतिक र प्राकृतिक सम्पदाको महत्व बोकेको काठमाडौंलाई फोहोरको भारी होइन स्वच्छताको भारी बोकाउनु आवश्यक छ । वर्षौदेखि फोहोरको पुनः प्रयोग गर्दै यसको दिर्घकालिन व्यवस्थापन बारे महानगरमा चर्चा चलिरहेको छ । काठमाडौं महानगरले फोहर मात्र ब्यवस्थापन होइन, कि अब्यवस्थित मानसिकताको पनि ब्यवस्थापन हुनु पर्ने भन्दै पहलकदमी भैरहेको जनाउदै आएको छ । तर, अझै पनि यसको प्रभावकारी कार्यान्वयन भएको सुन्न समेत पाईएको छैन । यसतर्फ जिम्मेवारहरुले बेलैमा सोच्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्