ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत सरकारबाट काश्मिरी जनताको विशेष अधिकार खोसियो, जम्मु काश्मिर र लद्दाख केन्द्र शासित राज्यमा विभाजित (भिडियोसहित)


एबीसी न्यूज
२० श्रावण २०७६, सोमबार   ७ : २३   बजे


काठमाडौँ,  २० साउन । भारत सरकारले जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरेको छ । राष्ट्रपति रामनाथ कोविन्दले जम्मू–कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको सूचना जारी गरेका छन् । केन्द्रीय गृहमन्त्री अमित शाहले राज्य सभामा विपक्षीहरुको विरोधका बीच जम्मु कास्मिरको विशेषाधिकार समाप्त भएको सूचना टेबुल गरेका थिए । भारतीय कदम खतरनाक भएको पाकिस्तानले टिप्पणी गरेको छ ।

स्वतन्त्र जम्मुकाश्मिर देशलाई भारत अधिनस्थ गराउनुअघि त्यहांका राजा हरि सिंहले तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुसंग विशेष सम्झौता गरेका थिए । सन् १९४७ मा भारत–पाकिस्तान विभाजन भएपछि कश्मीरको केही भाग भारतको अधीनमा आएको थियो ।

सन् १९५४ मा भएको कश्मीरका महाराज हरि सिंह र भारत सरकारबीचको सम्झौतापश्चात राष्ट्रपति राजेन्द्र प्रसादको आदेशले भारतीय संविधानमा अनुच्छेद ३५ए थपिएको थियो । भारतीय संविधानको अनुच्छेद ३५ ए ले कश्मीरमा स्थायी बासिन्दाहरूलाई विशेषाधिकार दिएको थियो ।

दोस्रो कार्यकालका लागि पुनः प्रधानमन्त्री निर्वाचित नरेन्द्र मोदी नेतृत्वको सरकारले ६५ वर्ष पछि काश्मिरी जनताले प्राप्त गर्दै आएको अधिकार कटौती गर्ने सम्बन्धी सूचना राज्यसभालाई दिएको छ । राज्यसभाको सोमबारको बैठकमा विपक्षी सांसदहरुको तिब्र विरोध र नारावाजीका बीच केन्द्रीय गृहमन्त्री अमित शाहले जम्मू–कश्मीरलाई विधानसभासहित केन्द्रीय सरकार मातहत रहने निर्णय गरिएको घोषणा गरेका छन् ।

पहिला अस्थायी व्यवस्थाका रूपमा कार्यान्वयन गरिएको धारा ३७० का खारेज सम्बन्धमा भारतीय संविधान स्पष्ट छैन । संसद्को दुवै सदनले दुईतिहाइ बहुमतले संविधान संशोधन पारित गर्नुपर्ने व्यवस्था भए पनि धारा ३७० (३) मा राष्ट्रपतिको आदेशलाई जम्मू–कश्मीरको संविधानसभाले पारित गर्नुपर्ने लेखिएको छ । तर भारतीय गृहमन्त्री अमित शाहले राज्यसभा बैठकमा जम्मुकाश्मिर समस्या हल गर्नेभन्दै धारा ३७० लाई खारेजी सङ्कल्प प्रस्ताव प्रस्तुत गरेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेस आईको असहमति र होहल्लाका बाबजुद गृहमन्त्री शाहले राज्यसभा बैठकमा जम्मुकाश्मिरको विशेष अधिकार खोस्दै केन्द्र सरकार प्रशासित राज्य बनाउने सो सङ्कल्प प्रस्ताव प्रस्तुत गरेका हुन् ।

धारा ३७० अनुसार भारतीय संसद् जम्मुकाश्मिरको विषयमा रक्षा, विदेश मामिला र सञ्चारको क्षेत्रमा मात्रै कानुन बनाउन सक्ने अधिकार पायो भने अन्य अधिकार काश्मिरलाई नै केन्द्रित गरियो । साथै, तीन विषय बाहेक अन्य विषयमा कानुन बनाउनुपरेमा केन्द्र (भारत) सरकारले राज्य सरकार (जम्मुकाश्मिर) को अनुमति लिनुपर्ने व्यवस्था रहेको थियो । सोही व्यवस्थाअनुसार जम्मु काश्मिरमा आफ्नै कानुन र नियम सञ्चालनमा थियो ।

हिन्दु उग्रराष्ट्रवादबाट प्रेरित भारतीय जनता पार्टीको नरेन्द्र मोदी सरकारले जम्मुकाश्मिरको विशेषाधिकारमात्र छिनेको छैन जम्मु कास्मिरलाई टुक्राएको पनि छ । जम्मु कास्मिर र लद्दाखलाई दुई वटा केन्द्र शासित राज्य बनाएर बीजेपीले मुस्लिम बाहुल्य समाजलाई टुक्राइदिएको छ ।

सङ्कल्प प्रस्ताव पेस गर्नु अगाडि आइतबार रातिदेखि नै मोदी सरकारले भारत अधिनस्त काश्मिरमा टेलिफोन, मोबाइल र इन्टरनेट बन्द गरेको थियो भने दशौं हजार सुरक्षाकर्मी गत सातादेखि नै परिचालित गरेको थियो । केन्द्र सरकारले कास्मिरका मूल धारका नेताहरु काश्मिरका पूर्वमुख्यमन्त्री नेशनल कन्फ्रेन्सका नेता उमर अब्दुल्लाह र पिडिपी अध्यक्ष महबुबा मुफ्ती र जम्मू कश्मिर पिपल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई समेत नजरबन्दमा राखेको छ । जम्मु कास्मिरमा स्वेत आतंक मच्चाएको भन्दै विपक्षी नेताहरुले तिब्र आलोचना गरेका छन् ।

जम्मू कश्मिरमा केन्द्र सरकारले धारा १४४ लागू गर्दै धेरै स्थानमा कर्फ्यु लगाउनुका साथै मानिसहरुलाई स्वतन्त्र रुपमा हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ । हाल जम्मू कश्मिरमा रहेका सबै शैक्षिक संस्था र कार्यालयहरु बन्द गरिएको छ । यस्तै मोबाइल र इन्टरनेट सेवा समेत बन्द गरिएको छ । त्यहाँ पहिलो पटक ल्यान्ड लाइन सुविधा समेत बन्द गरिएको छ । कश्मिरको विशेष अधिकार कटौतीसँग हुन सक्ने आन्दोलनलाई लक्षित गर्दै कश्मिरभरी हजारौं संख्यामा सेना परिचालन गरिएको छ भने वायु सेनालाई पनि तयारी अवस्थामा राखिएको छ ।

कास्मिर मामिलामा नजिकबाट चासो राख्ने छिमेकी पाकिस्तानले भारतीय कदमलाई खतरनाक खेल भएको टिप्पणी गरेको छ । प्रधानमन्त्री इमरान खानले कास्मिरलाई भारतको अत्याचारबाट मुक्त गर्ने उपयुक्त समय आएको टिप्पणीसमेत गरेका छन् । पाकिस्तानका विदेशमन्त्री मोमम्मद कुरेशीले धारा ३७० खारेजीको असर पुरै इलाकामा भयानक हुने चेतावनी दिएका छन् । प्रधानमन्त्री इमरान खÞानले कास्मिर मामिलालाई शान्तिपूर्ण हल गर्न खोजे पनि भारतले आगोमा घ्यू थपेको उनले टिप्पणी गरेका छन् । पाकिस्तानले भारतीय कदमको विरुद्ध संयुक्त राष्ट्र संघमा सूचना दर्ता गरेको छ । पाकिस्तानले कास्मिरी जनताको स्वतन्त्रताप्राप्तिको आन्दोलनमा आफ्नो साथ रहने प्रतिवद्धता समेत जनाएको छ ।
धारा ३७० मा के छ ?

१. जम्मुकश्मीरका नागरिकसँग दोहोरो नागरिकता हुन्छ ।

२. जम्मु–कश्मीरको राष्ट्रियध्वजा अलग हुन्छ ।

३. जम्मु–कश्मीरभित्र भारतको राष्ट्रिय ध्वजा वा राष्ट्रिय प्रतीकको अपमानलाई अपराध मानिँदैन ।

४. जम्मु–कश्मीरभन्दा बाहिरका व्यक्तिले त्यहाँ घरजग्गा खरिद गर्न पाउँदैनन् ।

५. जम्मु(कश्मीरको विधानसभाको कार्यकाल ६ वर्षको हुन्छ, जबकी भारतको अन्य राज्यको विधानसभाको कार्यकाल पाँच वर्षको छ ।

६. भारतको सर्वोच्च अदालतको आदेश जम्मु–कश्मीरलाई मान्य हुँदैन ।

७. भारतको संसदले जम्मु(कश्मीरको सम्बन्धमा अत्यन्त सीमित क्षेत्रमा कानुन बनाउन पाउँछ ।

८. जम्मु–कश्मीरको कुनै पनि महिलाले यदि भारतको कुनै राज्यको व्यक्तिसँग बिहे गरेमा ती महिलाको नागरिक समाप्त हुन्छ । यसको विपरित यदि जम्मु(कश्मीरकी महिलालाई यदि पाकिस्तानको नागरिकले बिहे गरेमा उसले पनि जम्मु–कश्मीरको नागरिकता पाउँछ ।
९. कश्मीरका महिलामा शरियत कानुन लागू हुन्छ ।
१०. कश्मीरमा पञ्चायतको अधिकार छैन ।
११. कश्मीरका अल्पंख्यक हिन्दू र शिख समुदायले १६ प्रतिशत आरक्षण पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group