ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीर्ण भवनमा बस्न वाध्य छन् रोल्पाका प्रहरी


admin
१२ कार्तिक २०७४, आइतबार   १२ : २२   बजे

रोल्पा, १२ कात्तिक ।  रोल्पाका प्रहरी युनिटहरुको आफ्नै भवन नहुँदा प्रहरीहरु जीर्ण भवनमा बस्न बाध्य भएका छन् ।

आफ्नै भवन नहुँदा माटोबाट बनेका जीर्ण घरमा कार्यालय सञ्चालन गर्दा विभिन्न जोखिमको समेत समस्या रहेको ती प्रहरीले बताएका छन् । जिल्लाका ग्रामीण भेगमा कार्यालय रहेका ती घर कतिबेला भत्कन्छन् भन्ने त्रासमा बाँच्नु परेको एक प्रहरीले बताए ।

जिल्लामा हाल ३६ वटा प्रहरी यूनिट रहेका छन् । रोल्पामा जिल्ला प्रहरी कार्यालय, सेनामुखसहित ९ इलाका प्रहरी कार्यालय र २७ वटा प्रहरी चौकी रहेका छन् । जिल्ला प्रहरी कार्यालय, सेनामुख र चार वटा इलाका प्रहरी कार्यालयको मात्रै आफ्नै भवन रहेको छ । जिल्लामा २३ वटा प्रहरी युनिटले भाडा तिरेर कार्यालय सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताउनुभयो ।

जिल्लाका ग्रामीण क्षेत्रमा घर भाडा सस्तो रहेकाले सरकारलाई ठूलो आर्थिक भार नपरे पनि प्रहरीको दैनिक कार्यसञ्चालनमा भने बाधा परिरहेको छ । जिल्लामा प्रहरी युनिटको घर भाडावापत मासिक रु १ लाख १३ हजार ९२० खर्च हुँदै आएको जिल्ला प्रहरी कार्यालय रोल्पाका लेखापाल रमेश शाहीले जानकारी दिनुभयो ।

जिल्लामा प्रहरी युनिट भवन निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको कार्यकालमा रु १० करोड विनियोजन भए पनि गृह मन्त्रालयअन्तर्गतका सम्बन्धित निकायले चासो नदिएका कारण रकम फिर्ता गएको बताइएको छ ।

सशस्त्र द्वन्द्वमा जिल्लामा २३ वटा प्रहरी युनिट ध्वस्त भएका थिए । ध्वस्त प्रहरी युनिटमध्ये हाल सम्म ४ वटा युनिट मात्रै पुनःनिर्माण भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । ध्वस्त भएकामध्ये हाल इलाका प्रहरी कार्यालय होलेरी, इलाका प्रहरी कार्यालय घर्तीगाउ, इलाका प्रहरी कार्यालय सुलिचौर र इलाका प्रहरी कार्यालय पोवाङ मात्र पुनःनिर्माण भएका छन् ।

जिल्लामा २९ वटा प्रहरी युनिटको आफ्नै स्वामित्वमा जग्गा भए पनि बजेट अभावले भवन निर्माण कार्य हुन नसकेको बताइएको छ । जिल्लामा ६०६ जनाको दरबन्दी रहे पनि हाल ४९४ जना कार्यरत रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group