ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनहितलाई केन्द्रमा नराखे सत्ता उल्टन सक्ने– प्रचण्ड


एबीसी न्यूज
६ भदौ २०७६, शुक्रबार   २ : २२   बजे

काठमाडौं,६ भदौ  । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन संक्ने संभावना रहेको बताउनुभएको छ ।

आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उहाँ सत्तामा जानु अघि जनतासंग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई विर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औल्याउनुभएको हो । कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचारभन्दा भिन्न बुर्जुवाकरण हुदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै उहाँले त्यसतर्फ गम्भीर हुनुपर्ने आवश्यकता औल्याउनुभयो । पुर्वी युरोप, सोभियत संघको उदाहरण दिदै उहाँले कम्युनिष्ट नेताले सत्तामा पुगेपछि कम्युनिष्ट चिन्तन सिद्धान्तको कार्यशैली विर्सन नहुने बताउनुभयो ।

उहाँले दुई पार्टी मिलेर बनेको ठुलो पार्टीभित्र पछिल्लो समय अनुसासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै असन्तुष्ठी जनाउनुभयो । विगतमा जनताका समस्या बोध गर्ने, अनुसासित र जिम्मेवारी लिने पथमा देखिएका कम्युनिष्टहरु अहिले अनुशासन हिन बन्दै कर्तव्यबोधबाट पन्छिने प्रवृति बढेको टिप्पणी उहाँले गर्नुभयो ।अध्यक्ष प्रचण्डले सत्तामा पुगेपछि जनतासंग गरेका प्रतिद्धताहरु विर्सदै जाने प्रवृति विश्वभरीका कम्युनिष्टहरुको विशेषता नै भएको भन्दै अन्य मुलकमा देखिएको प्रवृति नेपालमा पुनरावृत हुन नदिन तर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले वर्तमान राज्यसत्ता प्राप्तीका लागि विगतमा आफैले आफ्नै योगदानको अवमुल्यन गर्ने काम नेतृत्वबाट हुन नहुने तर्फ सधै सचेत र सजग हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group