ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सञ्जालको गलत प्रयोगले मानिसका व्यक्तिगत, सामाजिक सम्बन्ध र एकतामै खलल पुराउन थालेको छ ( भिडियोसहित)


एबीसी न्यूज
७ भदौ २०७६, शनिबार   ११ : २२   बजे

काठमाडौं, ७ भदौ ।  पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगकर्ता दिनप्रतिदिन बढिरहेका छन् । इन्टरनेटको सहज पहुँचसँगै नेपालका दुर दराजसम्म सामाजिक सञ्जालको पनि पहुँच पुगेको छ ।

आज ज–जसको हात हातमा मोवाइल फोन छ सबैले सामाजिक सञ्जाल चलाइरहेका छन् । सामाजिक सञ्जाल फेसबुक, यूट्यूव, ट्वीटर, इन्स्टाग्राम, भाइबर, ह्वाटसअप, वी च्याट, इमो लगायतको सामाजिक सञ्जालले सूचना र समाचारमा सहज पहुँच बनाइदिएको छ । ज्ञानविज्ञानका कुराहरु पनि सिकाएको छ । तीव्र सूचनाको माध्यम यी संजालहरु आधुनिक समाजका लाग अपरिहार्य माध्यम हुन् । तर जति मानवीय जीवन सहज बनाएका छन् त्यत्ति नै समाजमा जोखिम पनि उत्तिकै बढाइदिएका छन् ।

इन्टरनेटको विकाससंगै सामाािजक संजालको विकास भए हो । सामाजिक संजालको विकासले विश्व जगत सूचना संप्रेशनमा हजारौ गुणा अघि छ । क्षणभरमै मानवीय रुचीका विषयमा जानकारी पाउनुको साथै तीव्र सूचना प्राप्त गर्ने माध्यम बनेका छन् सामाजिक संजाल । सामाजिक संजालले विश्वलाई नै एउटा घर बनाइदिएको छ । जो जहाँ जस्तोसुकै अवस्थामा रहेपनि सूचना सम्प्रेषण र सम्पर्कमा रहन सजिलो बनाइदिएको छ । एक ढंगले भन्ने हो भने मानव जीवनको पर्याय नै बनेको छ सामाजिक संजाल । मानवीय जीवनलाई सहज बनाइदिएको छ । सूचना प्राविधिको साम्राज्यमा सामाजिक संजालहरुको पकड निकै बलियो छ ।

तर समाजिक सञ्जालले सकारात्मक कुरा मात्रै ल्याएको छैन । यसले विशेष गरि नेपाली समाजमा धेरै नकारात्मक पक्षहरुको सिर्जना गरिदिएको छ । संजालले जति सहजको सूचना संप्रेषणमा योगदान गरेको छ, त्यो भन्दा दुगुना गलत प्रयोगले समाजलाई विग्रहतिर लैजादै छ। विशेषगरी फेसबुक, युट्यूव, ट्वीटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालको गलत प्रयोगले मानिसका व्यक्तिगत, सामाजिक सम्बन्ध र एकतामै खलल पुराउन थालेको छ । संजालको माध्यमबाट निजी कुरामा दक्खल मात्रै होइन, सामाजिक सम्बन्धलाई समेत भताभुङ्ग पारिदिएको छ । इगो र कुण्ठा पोख्ने माध्यम समेत बनेका छन् यस्ता संजालहरु । झुठा सूचना तथा समाचारहरु सम्प्रेषण हुदा आम मान्छेमा भ्रम सिर्जना हुदै आएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरी अपराध गर्ने क्रम बढ्दो छ । अपराधीलाई अपराध कर्म गर्न सजिलो भएको छ भने राज्यलाई झनझन चुनौती बढिरहेको छ । नियमन र नियन्त्रण कसरी गर्ने भन्ने चिन्ता यतिखेर सर्वसाधारणदेखि सरोकारवाला निकाय र राज्य सञ्चालनको उच्च तहमा रहेका सबैलाई पर्न थालेको छ । संजालको व्यवस्थापन गर्न समय सापेक्ष कानुन र संरचनाको खांचो भैसकेको छ । साइबर क्राइम के हो, के होइन भन्ने पनि सरकार अलमल्ल परेको छ । सिआईबीका पूर्व प्रमुख समेत रहिसकेका पूर्व डिआइजी हेमन्त मल्ल नीतिगत, कानुनी रुपमा पनि साइबर क्राइमलाई स्पष्ट पार्नुपर्ने तर्क गर्छन ।

अपराधका घटनामा सामाजिक सञ्जालको सक्रियता बढीरहेको छ । तर प्रहरी नियन्त्रणमा लिनका लागि सरकारी प्रयत्न भइरहेको बताउँछ । प्रहरीमा दिन प्रतिदिन उजुरी पनि बढिरहेको छ । सामाजिक सदभाव खल्बल्याउन, जात, भाषा, धर्म, लिङ्गको आधारमा विभेद सिर्जना गर्न र एक अर्काविच विचार भावनाको लडाइ गर्न पनि सामाजिक सञ्जालले सघाइरहेको छ । यसरी सञ्जालको प्रयोगबाट हुने अपराधिक गतिविधिलाई घटाउन, गलत प्रयोग गर्नेलाई कारबाही गर्न प्रहरी लागिरहेको महानगरीय अपराध महाशाखा प्रमुख सहकुल बहादुर थापा बताउँछन् ।

सामाजिक सञ्जालको प्रयोगबाट समाजमा हिंसात्मक गतिविधि बढ्न दिनु हुँदैन । पिडितलाई न्याय पनि दिलाउनु पर्छ नियन्त्रण र नियमन गरी कानुनी कठघरामा उभ्याउन सकिने गरी कानुनको निर्माण गर्नुपर्छ । प्रविधिको उपयोग नाउमा भएको चरम दुरुपयोगले सामाजिक दुघर्टना निम्त्याउदै गएको छ । यसर्थ राज्यले बेलैमा संजाललाई व्यवस्थित गर्न सञ्जाललाई व्यवस्थित गर्न कानुनी तथा संरचनागत व्यवस्था गर्न राज्यले अब ढिला गर्नु हुदैन ।

सामाजिक संजालको सहायतामा हजारौ मानिसको उद्दार पनि भएको छ । छिटो समयमा दुर्घटना विपत्ती, उद्दार तथा खोज समेत सूचना प्रवाह गर्न यी माध्यमहरु दैनिक जीवनका बलिया अस्त्र जस्तै बनेका छन् । तर तेही अनुपातमा सामाजिक जिवनहरु भत्किदै गएका पनि छन् । फेक आइडी बनाएर ब्ल्याकमेलिङ गर्नेदेखि लिएर अपराध गर्नेसम्मको भिड लाग्न थालेको छ सामाजिक सञ्जालमा । विशेष गरि महिला नै सामाजिक संजालको दुरुपयोगको शिकारमा पर्दै आएका छन् ।सामाजिक सञ्जालको गलत प्रयोगको शिकारले समाज र पारिवारिक सम्बन्धहरु क्तमश भत्कीदै गएको छ ।

यसले सामाजिक, भौतिक, आर्थिक र मानसिक तनावले चरम कष्ट सिर्जना गरेको छ । संजालको दुरुपयोग हुदा समाज विघटनतर्फ उन्मुख भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group