ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैनिक सरदर १५ नेपालीले आत्महत्या गर्ने गरेको खुलाशा (भिडियोसहित)


एबीसी न्यूज
८ भदौ २०७६, आइतबार   १० : १८   बजे

काठमाडौं, ८ भदौ । प्रहरीको तथ्यांकअनुसार दैनिक सरदर १५ नेपालीले आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्नेमा ५६ प्रतिशतको उमेरसमूह १९ देखि ४० वर्षको हुने गरेको प्रहरीको तथ्यांक छ ।

पारिवारिक, आर्थिक, सामाजिक लगायत विभिन्न कारणवश मानिसहरु पहिले डिप्रेसनमा पुग्ने गरेको र विस्तारै आत्महत्या गर्ने गरेको विभिन्न अध्ययन देखाएको छ ।

पछिल्ला चार वर्षमा मात्रै मुलुकभर २० हजार नौ ६७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । यो संख्या आपराधिक क्रियाकलापबाट हुने कुल मृत्युको ४५ प्रतिशत हो । कोही प्रेममा धोका पाएको पीडा सहन नसकेर झुन्डिएका छन् भने कसैले भ्रष्टाचार आरोप खेप्न नसकेर पनि विष सेवन गरेका छन् । आत्महत्या गर्ने ५६ प्रतिशत युवा हुने गरेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार दैनिक १५ नेपालीले आत्महत्या गर्ने गरेका छन् जसमा कुलमध्ये आत्महत्यामा एक प्रतिशत हत्या ‘दुरुत्साहन’बाट हुने गरेको छ । ७५ प्रतिशत आत्महत्या झुन्डिएर हुने गरेको छ । विष सेवनबाट आत्महत्या गर्ने दर २३ प्रतिशत छ । बाँकी एक प्रतिशत आत्महत्या भने अन्य कारणबाट हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । आर्थिक, सामाजिक र राजनीतिक कारणवश समाजमा यस्ता विभिन्न खाले अप्रिय घट्ना बढिरहेको एक विज्ञ बताउंछन् ।

विभिन्न खाले समस्या, तनाव, चिन्तन, यातना लगायतका कारणबाट मानिसहरुमा डिप्रेसनको समस्या बढिरहेको छ । जसकारण पनि मानिसहरुले आत्महत्या गरिरहेका छन् । डिप्रेसनका बिरामीहरुले आफ्नै बच्चाको हत्या गरेर आफू पनि आत्महत्या गरेको भेटाईएको मनोचिकित्सक डा. निराकार मान श्रेष्ठ बताउंछन् ।

पछिल्लो तीन सातामा मात्रै सरकारका चार कर्मचारीले आत्महत्या गरेका छन् । निजामती सेवाका तीन नायब सुब्बा र एक नेपाल प्रहरीका जवान छन् । हत्या, आत्महत्या लगायत सामाजका अपराधिक गतिविधिहरु अर्थ, समाज र परिवारसँग जोडिएको देखिन्छ । मानिसको मानसिक अवस्था सन्तुलनमा नरहेको कारण पनि आत्महत्या, जघन्य हत्या तथा अपराधिक घटनाहरु हुने गर्छन् भन्ने बुझाई पनि हाम्रो समाजमा छ । तर, मनोचिकित्सक श्रेष्ठका अनुसार मानसिक राग लागेका भन्दा नलागेकाबाट अपराध हुने सम्भावना अधिक हुन्छ । मानसिक रोग नलागेकाहरुले आफ्नो सुरक्षा सहित योजना बनाएर अपराध गर्छन् जुन मानसिक रोगीहरुले गर्न सक्दैनन् । जाँडरक्सी र कुलतमा फसेकाहरु, एक्कासी आवेगमा आएर बोल्नेहरु, अरुलाई त्यत्तिकै शंकाको दृष्टिले हेर्नेहरु र छारे रोग लागेकाहरु मध्येबाट पनि हत्याको घटना घट्न सक्ने श्रेष्ठ विश्लेषण गर्छन् ।

लामो अवधि परिवारसँग अलग रहने, मानसिक, आर्थिक, सामाजिक तथा शारीरिक आवश्यकता पूरा गर्न नसक्ने र कामको अत्याधिक चाप आदिकाकारण डिप्रेसन हुन सक्ने चिकित्सकहरुले बताउँदै आएका छन् । जीवनमा आएका समस्याहरुलाई उचित व्यवस्थापन गर्न नसक्दा मानिसहरुले आत्महत्या गरिरहेका छन् । तसर्थ, डिप्रेसनलाई समयमै उपचार गर्न सके र आफ्ना समस्याहरुलाई स्वस्थ् ढंगबाट व्यवस्थापन गर्न सकेको खण्डमा आत्महत्या कम गर्न सकिएला ।
https://www.youtube.com/watch?v=Ckvm8GNzl1g

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu