ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपामा अनुशासनको डण्डा, कडा अनुशासनले पार्टीलाई व्यवस्थित बनाउने नेताहरुको टिप्पणी ( भिडियोसहित)


एबीसी न्यूज
११ भदौ २०७६, बुधबार   ११ : ०३   बजे

काठमाडौं, ११ भदौ ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले पार्टीका नेता तथा कार्यकताले पार्टीको विधि, पद्धती र नेताहरु प्रतिको असन्तुष्टि सार्वजनिक रुपमा अभिव्यक्ति गर्न रोक लगाएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पहिलो पटक सचिवालय बैठकले विरोध, आलोचना पार्टी कमिटी भित्रै दर्ज गर्नुपर्ने निर्णय गरेको छ । नेकपाका नेताहरुले पार्टीलाई अराजकतातर्फ जानबाट रोक्न र विधि, पद्धती अनुरुप चलाउन सचिवालयले गरेको यो निर्णयलाई सही भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का शिर्ष तहका नेताहरुदेखि कार्यकर्ता तहसम्म पछिल्लो समय विभिन्न राजनीतिक, वैचारिक र संगठनात्मक रुपलाई लिएर एक अर्कामा वादविवाद र आलोचना हुने गरेको छ । आलोचना राजनीतिक विषयमा मात्रै होइन, व्यक्तिगत टिकाटिप्पणीमै गरिन थालेको छ । अहिलेसम्म भैरहेको के हो भने, सामाजिक सञ्जालमार्फत शिर्ष नेताहरुले नै विवादको निउ झिक्छन् कार्यकर्ताहरु त्यसैको पछि लागेर पक्ष विपक्षमा उत्रिन्छन्, तथानाम लेखेर सामाजिक संजालका भित्ता बिगार्छन् ।

यो गतिविधिले नेकपाको छवि नै धुमिल बनाउँदै लगेको छ । भदौ ५ गतेको सचिवालय बैठकमा त प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालविच तल्लो तहमै उत्रिएर व्यक्तिगत आरोप प्रत्यारोप चल्यो । यसले पार्टी पंक्तिमा सहि समाचार त गएन नै नेकपा माथिल्लो तहदेखिनै अराजक बाटो हिडिरहेको त छैन भन्ने प्रश्न जन्माएको छ ।

नेकपाका नेता कार्यकर्तामा अराजकता हुर्किदै गएपछि सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पहिलोपटक बसेको सचिवालय बैठकले पार्टीका सबै तहका नेता, कार्यकता तथा सदस्यहरुलाई अनुशासनमा बस्न निर्देशन गरेको छ । पार्टीका विधि, पद्धति, नीति, नियम र नेताहरुको कार्यशैली चित्त नबुझे सार्वजनिक रुपमा टिप्पणी अथवा आलोचना गर्न प्रतिवन्ध लगाएको छ । सार्वजनिक रुपमा कसैको विरोध वा आलोचना गरे पार्टी विधान अनुरुप कारबाही गर्ने समेत नेकपाले चेतावनी दिएको छ ।

पार्टीमा नेतै पिच्छेको अभिव्यक्ति, कार्यकार्ता पिच्छेको स्वतन्त्र अभिव्यक्ति सार्वजनिक हुन थालेपछि सचिवालयले अनुशासनको डण्डा चलाएको हो । अनुशासनको यो डण्डा स्वभाविक भएको बताउंछन्, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ । जथाभावी अभिव्यक्ति दिनु र सार्वजनिक रुपमा नेतृत्वको आलोचना गर्नु पार्टी अनुशासन विपरित भएको भन्दै नेम्वाङले सचिवालयले गरेको निर्णयले पार्टीलाई सही दिशामा लैजाने विश्वास ब्यक्त गरे ।

त्यसो त नेकपामा आरोप प्रत्यारोप तल्ला तहका नेता कार्यकर्ताले शुरु गरेका होइनन् । शिर्ष तहकै नेताहरु आरोप प्रत्यारोप सुरु भएको हो । जुन कृत्य तल्लो तहसम्म आइपुग्यो । यसले शिर्ष तहमै असर पुराउन थालेपछि मात्र पार्टी नेतृत्वले गम्भीर निर्णय गर्नुपरेको बुझ्न सकिन्छ । त्यसो त, पार्टी नेतृत्वबाटै विधि, विधान र पद्धती विपरित निर्णयहरु गर्दै जाँदा स्वाभाविक रुपमा नेता कार्यकर्ताले नेतृत्वको आलोचना गरिरहेका छन् । औपचारिक रुपमा सबै संगठनले पूर्णता नपाउँदा, कतिले त अझै पनि उचित जिम्मेवारी नपाउँदा र आफ्नो कमिटीको बैठक, छलफल नहुँदा पनि कार्यकर्ताहरुले आफ्नो कुरा राख्ने ठाउँ पाएका छ्रैनन् ।

जसका कारण, नेता कार्यकर्ताहरुले सामाजिक सञ्जाललाई नै पार्टी मञ्चको रुपमा प्रयोग गर्दै आएका थिए । शिर्ष नेताले कार्यकर्ताको मनोभावना बुझेर जिम्मेवारी दिने र पार्टीलाई चलायमान बनाउने हो भने यस्तो समस्या हटेर जान सक्थ्यो । नेकपाका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डे पनि सचिवालयको निर्णय नेता कार्यकर्ताको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नका लागि नगरिएको र पार्टीलाई विधि, पद्धतीमा चलाउन गरिएको विश्वास गर्छन् ।

यी घटनाक्रमले देखाएका छन्, पार्टी भित्रको असन्तुष्टि अभिव्यक्त गर्ने उचित फोरम तुरुन्त बनाउन नेकपाले सोच्नुपर्छ । अनुशासन आयोगलाई छिट्टै पूर्णता दिई काम थाल्नुपर्छ र सार्वजनिक अभिव्यक्ति दिन शिर्ष नेताहरुबाटै कम गर्नुपर्छ । अनि मात्र पार्टी विधिसम्मत रुपमा चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group