ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संवेदनशील नागरिकता विधेयक : सांसदहरुबीच विवाद कायमै (भिडियोसहित)


एबीसी न्यूज
१२ भदौ २०७६, बिहिबार   २ : ३५   बजे

 

काठमाडौं, १२ भदौ । विदेशी बुहारीलाई नागरिकता दिने लगायतका विवादित विषयमाथि निष्कर्षमा पुग्न नसकेपछि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधनसम्बन्धी उपसमितिले अधुरो प्रतिवेदन समितिलाई बुझाएको छ । तर, सहमती हुन नसकेका विषयमा समिति छिट्टै निष्कर्षमा पुग्ने समितिले जनाएको छ ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधनसम्बन्धी उपसमितिले विधेयकमा रहेका विवादका विषयलाई जस्ताको तस्तै राखेर अपुरो प्रतिवेदन समिति सभापतिलाई प्रतिवेदन बुझाएको छ । २०७५ साउनमा प्रतिनिधिसभामा दर्ता भएको उक्त विधेयक सोही सालको भदौदेखि राज्य व्यवस्थामा छलफलमा छ । समितिले दफावार छलफल सकेसँगै समितिमा सर्वसम्मत हुन नसकेका नागरिकता सम्बन्धी सम्वेदनशिल विषयमा छलफल गरी निष्कर्षमा पुग्न उपसमिती बनाएको थियो ।

तर विदेशी विवाहित महिलाले पाउने अंगीकृत नागरिकता, टोलीबाट ठाउँठाउँमा गरिने नागरिकता वितरणजस्ता विषयमा उपसमितिले सहमती जुटाउन सकेन । विवाद मिलाएर सुझाव पेस गर्न सत्तापक्षीय सांसद विजय सुब्बाको संयोजत्वमा गत चैत्र ७ गते ९ सदस्यीय उपसमिति गठन गरिएको थियो । संयोजक सुब्बाले उक्त अपुरो प्रतिवेदन समिति सभापति शशी श्रेष्ठलाई मंगलबार बुझाएका हुन् । उससमिती संयोजक बिजय सुब्बाले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले विवाह भएको सात वर्षपछि नागरिकता पाउने विषयमा बहुमत सदस्य सहमत भएपनि पूर्ण सहमती हुन नसकेको बताए । त्यस्तै विदेशी पुरुषले नेपाली महिलासँग विवाह गरेको हकमा पनि उप समितिले कुनै निर्णय लिन नसकेको उनको भनाइ छ ।

उपसमितिले विवादका विषय नटुंग्याई प्रतिवेदन समितीमा बुझाएपछि अब उक्त विधेयकका विवादित विषय पुनः राज्यव्यवस्था समितिमा नै छलफल हुनेछ । उपसमितिले विवादित विषय जस्ताको त्यस्तै राखेर समितिमा प्रतिवेदन बुझाएको राज्य व्यवस्था समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् । सम्वेदनशील र निकै नै महत्वपूर्ण विषय भएकाले समितिले राजनीतिक सहमती खोजेर विषयलाई टुंगोमा पुर्याउने सभापति श्रेष्ठले बताइन ।

यस अघि विभिन्न समयमा नागरिकता वितरण गर्न टोली गाउँगाउँमा गएर वितरण गर्ने गरेकोमा अब त्यसरी वितरण गर्न नहुने एकथरी सांसदले बताएका छन् । अर्काथरीले गाउँमा टोली मार्फत नै नागरिकता वितरण गर्नुपर्ने बताएका छन् । असहमतीको यो विषयमा पनि उपसमितीले निर्णय गर्न सकेको छैन । यद्यपी अरु केही महत्वपूर्ण विषयमा भने सहमती जुटेको छ । विवाह वा सम्बन्ध विच्छेद भएकी महिलाले थर, वतन वा अन्य विवरण संशोधन गर्न सकिने, झुठो विवरण पेश गरी नागरिकता प्रमाणपत्र प्राप्त गरेमा वा सच्याएमा ६ महिनादेखि १ वर्ष ६ महिनासम्म कैद र ५० हजार जरिवाना गर्ने विषयमा सहमती जुटेको छ । नेपाली नागरिकताको दुरुपयोग गरी कुनै काम गरेमा ६ महिनादेखि २ वर्षसम्म कैद वा २५ हजार रुपैयाँ देखि २५ हजार रुपैँया जरिवाना गर्ने पनि उपसमितिको निर्णय छ । झुठो विवरणमा नागरिकता दिलाउनेलाई पनि ६ महिनादेखि १ वर्ष ६ महिनासम्म कैद र २५ हजार रुपैँयादेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । दण्ड र सजायको महलमा कडा व्यवस्था गरिएको उपसमितिका संयोजक बिजय सुब्बाले बताए ।

नेपालमा गैर नेपालीले लाखौँको संख्यामा नागरिकता लिएको तथ्य छिपेको छैन । नागरिकता बेचविखन र गलत प्रयोगको समाचारहरु पनि आइरहेका छन् । तर उनीहरुमाथि उचित छानविन र कारबाही भने हुन सकेको छैन । यस्तो अवस्थामा अब नागरिकता विधेयकलाई व्यापक छलफल गरेर मात्र अघि बढाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu