ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालद्वारा श्रीलंकाली क्लबलाई १६५ रनको लक्ष्य


एबीसी न्यूज
१२ भदौ २०७६, बिहिबार   ५ : ५६   बजे

 

काठमाडौं, १२ भदौ । नेपाली यू–१९ ९उन्नाइस वर्षमुनिको० राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्काको स्थानीय क्रिकेट क्लब बादुरेलियालाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ ।

श्रीलङ्काको कोलम्बोस्थित सरे क्रिकेट मैदानमा आज भएको दोस्रो अभ्यास खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै २०६ रन बनायो तर वर्षाले खेल प्रभावित भएपछि दोस्रो इनिङ्सको खेल ३५ ओभरमा छोट्टाएपछि बादुरेलियाले डकवर्थ लेविस पद्धतिका आधारमा १६५ रनको लक्ष्य पाएको हो । नेपालका लागि रित गौतम र हरि चौहानले अर्धशतकीय इनिङ्स खेले । रितले सर्वाधिक ७६ रनको योगदान दिए भने हरिले ५६ रन जोडे । त्यसैगरी सन्दीप जोराले २४ तथा आसिफ शेखले १४ रन जोडे ।

यसअघि पहिलो अभ्यास खेलमा नेपाल सिङहलेस क्रिकेट क्लब ९एसएससी० को यू–२३ टोलीसँग तीन विकेटले पराजित भएको थियो । एसिसी यू–१९ एशिया कप क्रिकेटका लागि श्रीलङ्कामा रहेको नेपालले तयारीस्वरुप अभ्यास खेल खेलिरहेको हो । एशिया कपको पहिलो खेलमा भने नेपालले आयोजक श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । समूह ’बी’ मा रहेको नेपालले श्रीलङ्कासँग यही भदौ २० गते खेल्नेछ । दोस्रो खेलमा नेपालले भदौ २२ गते बङ्गलादेश र अन्तिम खेलमा भदौ २४ गते संयुक्त अरब इमिरेट्स ९युएई०सँग खेल्नेछ । त्यस्तै समूह ए मा भने भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारी कर्मचारीको नयाँ तलबमान लागू, १० प्रतिशत प्रोत्साहन भत्ता र पेन्सन पनि बढ्यो

१५ दिनमा तलब दिने निर्णय कार्यान्वयनमै अलमल

सम्बन्धित

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

भदौ २४ को घटनाको छानबिन आयोग बन्छ -सस्मित पोखरेल

शक्ति जोगाउन इन्फान्टिनो संघर्षरत, विरोधी मोर्चाबन्दी चर्को

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu