ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशुपतिमा तीजको तयारी – दर्शनार्थीको सुरक्षा र सुविधाका लागि सम्पूर्ण तयारी पूरा


एबीसी न्यूज
१५ भदौ २०७६, आइतबार   ४ : ३६   बजे


काठमाडौं, १५ भदौ । हिन्दूहरुको महान चाड हरितालिका तीजको अवसरमा लाखौं नारीहरुले पशुपतिनाथको दर्शन गर्ने गर्छन । त्यसैले दर्शनाथीको सुरक्षा र सुविधाका लागि पशुपति क्षेत्र विकास कोषले विशेष व्यवस्था गर्दै आएको छ । यस पटकको तिजमा पनि दर्शनार्थीको सुरक्षा र सुविधाका लागि सम्पूर्ण तयारी पूरा भएको बताइएको छ ।

तीजको दिन हजारौं हिन्दू नारी दर्शनका लागि काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा जाने गर्दछन् । तीजको अघिल्लो रातिदेखि नै नारी पशुपतिनाथको दर्शनका लागि लाइनमा बस्छन् । दर्शनलाई सहज, सरलका साथै सुरक्षित बनाउन पशुपति क्षेत्र विकास कोषले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको विकास कोषका सदस्य सचिव प्रदिप ढकालले बताए ।

तीजको अवसरमा पशुपति मन्दिरमा घुइ“चो हुने भएकाले दर्शनमा आउनेहरुलाई सुनलगायत बहुमूल्य वस्तुका गरगहना नलगाई दर्शन गर्न आउन कोषले आग्रह गरेको छ । यसका साथै साना बालबालिकालाई पनि मन्दिर नल्याउन आग्रह गरिएको छ ।

लाखौं दर्शनार्थी हुने भएकाले पाशुपत क्षेत्रमा सुरक्षाको विशेष प्रबन्ध मिलाईएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । सुरक्षाका लागि चार हजारको हाराहारीमा सुरक्षाकर्मि खटाइने बताइएको छ । सुरक्षालाई ध्यानमा राखेर मन्दिर प्राङगण, कोर क्षेत्र र बाहीरी क्षेत्रमा पनि सुरषा ब्यवस्था कडा बनाईएको छ ।

स्वास्थ्य सेवाका लागि कोर क्षेत्रभित्र बिभिन्न स्वास्थ्य संस्थाहरुले सेवा उपलब्ध गराउने छन् । दर्शनार्थीकोे सहजताका लागि बिहान ३ बजेदेखि नै पशुपतिनाथको चारैवटा ढोका खोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । गौरीघाटबाट आउने दर्शनार्थीलाई उत्तरढोकाबाट, जयबागेश्वरीबाट आउने दर्शनार्थीलाई पश्चिमढोकाबाट, तिलगंगाबाट आउने दर्शनार्थीलाई पूर्वढोकाबाट लाइनमा राखेर दर्शन गर्ने र सोही ठाउ“बाट फर्कने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि पाँच जलविद्युत् आयोजनाका २१५ कर्मचारी सम्पर्कविहीन

हेलिकप्टरको आवाजबीच घाइतेको उपचारमा व्यस्त रसुवा अस्पताल, इन्धन अभावको चिन्ता

सम्बन्धित

रसुवा बाढीपछि महोत्तरीका ११ जना सम्पर्कविहीन

रसुवा–भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

लाङटाङ लिरुङ क्षेत्रबाट फेरि बाढी आउन सक्ने जोखिम, नेपाल–चीन दुवै सतर्क हुनुपर्ने

भोटेकोशी बाढीको कहर : ३८९ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन (अपडेट)

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu