काठमाडौं, १६ भदौ । सिगंपुरमा उपचार गराई रहुनु भएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार स्वदेश फर्कनुहुने छ ।
बुधवारसातौं चरणको उपचार प्रक्रिया सकिएपछि शुक्रबार स्वदेश फर्किने तयारी रहेको छ । नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङलाई आइतबार साँझ फोन गरेर प्रधानमन्त्रीले ओलीले आफू ठीकठाक रहेको सन्देश प्रवाह गरिदिन भन्नु भएको थियो ।
भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ । प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिँदै नेता नेम्वाङले भन्नुभयो उहाँले हिँजो साँझ आफैंले मलाई फोन गर्नुभएको थियो । मैले उहाँलाई कस्तो छ भनेर सोध्दा आफू एकदम ठीक छु र यसअघिको निर्धारित कार्यक्रम अनुसार नै २० गते फर्किन्छु भन्नुभएको छ । उहाँको बोली सुन्दा पनि तन्दुरुस्त र उत्साहित हुनुहुन्छ । आफू र प्रधानमन्त्रीबीच संसदीय काम कारवाहीकै बारेमा बढी कुराकानी भएको नेम्वाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्