काठमाडौं, १७ भदौ । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले १० औं पटक पोर्चुगिच वर्ष खेलाडीको अवार्ड जितेका छन् ।
रोनाल्डो लामो समयसम्म यो उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् । ३४ वर्षीय रोनाल्डोले २००७ देखि यो उपाधिमा बर्चश्व जमाउ“दै आएका छन् । यो बीचमा उनले २०१० र २०१४ मा मात्र उपाधि जित्न सकेनन् । त्यसबाहेक अरु वर्ष रोनाल्डो नै यो अवार्डको हकदार बनेका छन् । रोनाल्डोले यो सिजन उपाधि जित्न एट्लेटिको मड्रिडका जोहो फेलिक्स र म्यानचेस्टर सिटीका बर्नान्डो सिल्भालाई पछि पारे । यो सूचीमा मिडफिल्डर बु्रनो फर्नान्डेस र उल्भ्सका रुबेन नाभास पनि रहेका थिए ।
अवार्ड कार्यक्रममा रोनाल्डो पुरुष वर्ष खेलाडी बन्दा महिलामा लियोनकी जेसीका सिल्भाले जितिन् । वर्षको उत्कृष्ट प्रशिक्षक बु्रनो लागे र महिलामा मिगुइल सान्टोसले जिते । उत्कृष्ट टिमको अवार्ड बनेफिकाले पायो । यस्तै, उत्कृष्ट महिला टिमको अवार्ड पनि बेनफिकाले नै हात पा¥यो ।
प्रतिक्रिया दिनुहोस्