काठमाडौं, १९ भदौ । पर्यटन विज्ञहरुले पर्यटनको विगतको अनुभवलाई समिक्षा गर्दै पर्यटन नीति र कार्यक्रम बन्नु पर्ने सुझाएका छन् । एबीसी टेलिभिजको ११ औ वर्ष पुरा गरेको अवसरमा आयोजित विकास वर्ष २०७६ अन्तरगत विकासमा पर्यटन विषयक अन्तरसंवाद कार्यक्रममा यस्तो बताएका हुन् ।
पर्यटनको विश्व बजारमा आएको परिवर्तनसंगै नेपालको पर्यटन नीति योजना, कार्यनीति र बजार बन्न सकेमा पर्यटन क्षेत्रमा आमूल सुधार गर्न सकिने वक्ताहरुले बताएका छन् । पर्यटन क्षेत्रमा लगानीसंगै तथ्याकीय अध्यावधिलाई ध्यान दिनुपर्ने बताउदै उनीहरुले निजी क्षेत्रलाई आकर्षित गर्ने नीति र कार्यक्रम ल्याउनु पर्ने सुझाएका छन् ।
विद्यमान पर्यटन ऐन, प्राचीन स्मारक ऐन लगायतका कानुनहरुको संशोधन तथा परिमार्जन गरि संरक्षण संवद्र्धनमा जोड दिदै दीगो पर्यटन विकासमा ध्यान दिनु पर्ने बताएका छन् ।
धार्मिक पर्यटन निकै संभावना भएकोले यसतर्फ पूर्वाधारमा जोड दिएका छन् । त्यसैगरि वक्ताहरुले बदलिदो परिस्थिति अनुसार नेपालको पर्यटन क्षेत्रमा पनि नविन विचार र दीगो सोचको खांचो भएको औल्याएका छन् । पर्यटन बहुआयामिक पक्ष भएकोले इनोभेटिभ टुरिजमको विकास गर्न गतिशिल नीति र कार्यक्रम बनाउन पर्ने औल्याएका छन् । नीति कार्यक्रम योजना र बजारको खोजीमा ध्यान दिदै नेपालको पर्यटनको मुख्य बजार चीन र भारत भएकोले यसतर्फ कार्यक्रमहरु केन्द्रीत हुनुपर्ने सुझाएका छन् । परम्परागत बजार रणनीतिले बदलिदो परिस्थितिमा प्रभावकारी काम गर्न नसक्ने भएकोले बजार रणनीतिक क्षेत्रमा पुर्न विचार गर्न प्रवद्र्धनात्मक निकायहरुलाई सुझाएका छन् ।
प्रतिक्रिया दिनुहोस्