ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन् २०२२ मा मध्यमस्तर र २०३० मा विकसित मुलुक बनाउने राज्यको संकल्प (भिडियोसहित)


एबीसी न्यूज
१९ भदौ २०७६, बिहिबार   ६ : ४०   बजे

काठमाडौं, १९ भदौ । सरकारले आगामी ५ वर्षमा भित्रमा स्वास्थ्यका क्षेत्रमा तिव्र विकास गर्ने सरकारी लक्ष्य छ। सरकारी लक्ष्य अनुसार भएपनि स्वास्थ्य क्षेत्रको सुधार अझै अपेक्षाकृत छैन ।

यद्यपी अन्य क्षेत्रको तुलनामा स्वाथ्य क्षेत्रमा धेरै सुधारका काम नभएका पनि होइनन् । तर दुर्गम क्षेत्र अझै आधारभूत स्वास्थ्य सेवा पाउनबाट बिमुख छ । स्वास्थ्य क्षेत्रमा समष्टिगतरुपमा प्रगति देखिएपनि दुर्गम क्षेत्रहरु सामान्य जीवनजल र सिटामल पाउन मुश्किल छ । नागरिकलाई आधारभूत सेवा दिनका लागि आवस्यक पूर्वाधार जनशक्ति अपूरो छ ।

अपुरो श्रोत साधनसंगै स्वास्थ्य शिक्षामा समेत पर्याप्त पहुंच पुग्न सकेको छैन । नेपालमा भौगोलिक विकटता, उच्च जनसंख्याको अभाव, अशिक्षा र पछौटेपनको परिप्रेक्ष्यमा लक्षित समुदायमा अत्यावश्यक स्वास्थ्य सेवाको समानुपातिक वितरण गर्न राज्य संयन्त्रहरु अझै प्रभावकारी बन्न सकेका छैनन् ।

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकको रूपमा स्थापति गर्दै प्रत्येक नागरिकलाई राज्यबाट आभारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक र आकस्मिक सेवाबाट बञ्चित नगरिने उल्लेख गरिएको छ तर विकट ग्रामीण भेगका महिला सुत्केरी हुनका लागि अस्पताल जाँदै गर्दा बाटोमै मृत्युको सामना गर्नु परिरहेको स्थिती छ । स्वास्थ्य सेवाको विकासमा स्थानीय समुदाय स्तरसम्म संस्थागत विकास भए तापनि जनशक्ति विकास तथा सेवाको पहुचमा राम्रो सुधारमा अझै चित्त बुझाउने अवस्था छैन । भौगोलिक कठिनाइसंर्गै दुर्गम क्षेत्रमा नियमित रूपमा जनशक्ति, औषधी, औजार र उपकरण आपूर्तिका समस्या जल्दाबल्दा छन् । स्वास्थ्य नीति फराकिलो भएपनि कार्यान्वयन पक्ष फितलो हुदा स्वास्थ्यमा अझै राज्य खट्नै पर्छ । स्वास्थ्य क्षेत्रको संरचनागत नीतिगत तथा कार्यक्रमको पुर्नसमिक्षा गर्दै नयां सोचको साथ गुणस्तरीय सेवाको मूल्यांकन अनुगमनको प्रभावकारिता अझै खांचो छ ।

नीतिगत अभ्यासको इतिहास लामो छ, लामो अभ्यासमा स्वास्थ्य क्षेत्रमा केही परिवर्तनका रेखा देखिएका छन् । स्वास्थ्य क्षेत्रमा नेपालले गरेको प्रगतिले पुरस्कृत समेत भएको थियो । यो सुखद विषय हो । मुख्यगरि संयुक्त राष्ट्र संघले अघि सारेको दीगो विकास लक्ष्यका लागि तोकिएका इन्डिकेटर पुरा गर्ने दौडमा नेपाल छ ।

सन २०३० सम्ममा तोकिएका इन्डिकेटर पुरा गर्नुको विकल्प छैन । सन २०२२ मा मध्यमस्तर र सन २०३० मा विकसित मुलुक बनाउने राज्यको संकल्प छ। संकल्प भेटाउन स्वस्थ नागरिक निर्माण गर्नुपर्छ त्यसका लागि विद्यमान स्वास्थ्य संरचना र अभ्यासले मात्रै पर्याप्त छैन ।विद्यमान नीति रणनीतिको सही कार्यान्वयन गर्न अझै राज्यले दायित्व र दायरा बढाउन सक्नुपर्छ । स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धीलाई अब दोब्बरल बढाउदै मुख्यतया आमा र बच्चामुखी स्वास्थ्य कार्यक्रमलाई दुरदराजमा पुराउन संयन्त्रको विकास पनि गर्न आवस्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu